उत्पादन थालेको ३ वर्षपछि होङसी सिमेन्टले पायो विजुली

उत्पादन थालेको ३ वर्षपछि होङसी सिमेन्टले पायो विजुली


इन्जिनियर्स नेपाल |  कात्तिक २८, २०७८,


engineersnepal.com

नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा सञ्चालनमा आइसकेको होङसी शिवम् सिमेन्टले पहिलोपटक विद्युत पाएको छ । २०७५ जेठदेखि व्यवसायिक रुपमा सिमेन्ट उत्पादन गर्दै आएको होङसी सिमेन्टले अन्ततः विजुलीबाट अब उत्पादन गर्न पाउने भएको छ ।

 


ADVERTISEMENT

सिमेन्टमा ठूलो वैदेशिक लगानी भएको उक्त उद्योग डिजेलबाट सञ्चालन हुँदै आएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा भएको उक्त उद्योगमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । 

 

नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको हो । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको प्राधिकरणले जनाएको छ ।

 

नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ नै उद्योगमा पुगेका छन् । उद्योगलाई ३० मेगावाट विद्युत उपलब्ध गराइएको छ । उद्योगमा विजुली नपुग्दा उद्योगले दैनिक ६० हजार लिटर डिजेल खपत गर्दै आएको थियो । 



Your Comments