गायक योगेश्वर जग्गा प्रकरण : इन्जिनियर पक्राउविरुद्ध नेइएलगायत संस्थाले गरे विरोध, निशर्त रिहा गर्न माग

गायक योगेश्वर जग्गा प्रकरण : इन्जिनियर पक्राउविरुद्ध नेइएलगायत संस्थाले गरे विरोध, निशर्त रिहा गर्न माग

भ्यालुयर्स एसोशिएसनको आन्दोलनमा नेइएको ऐक्यवद्धता


इन्जिनियर्स नेपाल |  कात्तिक २७, २०७८,


engineersnepal.com

गायक योगेश्वर अमात्यको बारास्थीति जग्गा प्रकरणमा इन्जिनियर राजेशकुमार चौरसिया पक्राउ विरुद्धमा इन्जिनियर्सहरुको छाता संगठनदेखि सम्बद्ध संस्थाहरुले विरोध गरेका छन् । कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातका आधारमा जग्गाको मुल्यांकन गरिएको हुँदा यसमा इन्जिनियर चौरसियाको सहभागिता नभएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

 


ADVERTISEMENT

नेपाल भ्यालुयर्स एसोशिएसनको विरगञ्ञ च्याप्टर सदस्य श्री डाइनामिक कन्सल्टेन्सी एण्ड कन्स्ट्रसन सर्भिसेजका प्रोप्राइटर ई. चौरसियालाई केन्द्रीय अनुसन्धान ब्युरोले कात्तिक २२ गते पक्राउ गरेको छ । त्यसको विरोध नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए), नेपाल भ्यालुयर्स एसोसिएसन र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले विरोध तथा भत्र्सना गरेका छन् । 

 

नेइएले भ्यालुयर्स एशोसिएसन नेपालका आन्दोलनका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाएको छ । नेइएले प्रेस विज्ञप्ती जारी गर्दै चौरसियामाथि अन्यायपूर्ण गिरफ्तारीप्रति आपत्ति जनाउँदै  तुरुन्त निशर्त रिहाको माग गरेको छ । 

 

नेइएले धितो मुल्यांकन सम्बन्धी स्पष्ट मापदण्ड एवम् निर्देशिकाको अभावमा अनुसन्धानका विषयमा अविलम्ब मापदण्ड एवम् निर्देशिका तयार गर्न पनि माग गरेको छ । नेइएले बैंकले उपलब्ध गराएको कागजातहरुका आधारमा जग्गाको मुल्यांकन गरेपश्चात हुने कार्यमा इन्जिनियर मुल्यांकनकर्ताको दायित्वभन्दा बाहिर हुने कार्य स्पष्ट हुँदाहुँदै पनि हिरासतमा लिनु गैरजिम्मेवार भएको जनाएको छ । 

 

सिडेनले पनि ऋण प्रवाह गर्ने बैंकबाट आवश्यक कागजात प्राप्त भइ सोको आधारमा सम्पत्ति मुल्यांकन भएको र ऋण समेत चुक्ता भइसकेको अवस्थामा मुल्यांकनकर्ता चौरसियालाई हिरासतमा लिनु गलत भएको भन्दै यथाशिघ्र रिहाइको लागि माग गरेको छ । भ्यालुयर्स एसोसिएसनले पनि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।



Your Comments