प्रश्नपत्रमा कमजोरी औल्याउँदै पुल्चोक क्याम्पसका प्रा.डा. संग्रौलाले दिए राजीनामा

प्रश्नपत्रमा कमजोरी औल्याउँदै पुल्चोक क्याम्पसका प्रा.डा. संग्रौलाले दिए राजीनामा


इन्जिनियर्स नेपाल |  कात्तिक २६, २०७८,


engineersnepal.com

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्रा.डा. दुर्गा प्रसाद संग्रौलाले पदबाट राजीनामा दिएका छन् । परिक्षामा आउने प्रश्नपत्रमा गम्भिर कमजोरी औल्याउँदै उनले मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

 


ADVERTISEMENT

पुल्चोक क्याम्पस सिभिल विभागका प्रा.डा संग्रौलाले विभिन्न बहानामा पाठ्यक्रमले निर्धारण गरेको स्तरभन्दा फरकस्तर र प्रकृतिका प्रश्नपत्रहरु त्यार गर्ने गराउने डिन कार्यालय परिक्षा महाशाखाको गम्भिर लापरबाही भन्दै उनले राजीनामा दिएका छन् । 

 

विहिवार सार्वजनिक विज्ञप्ती जारी गर्दै उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । उनले डिन कार्यालय परिक्षा महाशाखाको कार्य गम्भिर र एक शैक्षिक अपराधसमेत भएको दाबी गरेका छन् । वाटर रिसोर्सेज का विषयहरुमा समेत चरम वेथिती र गैरजिम्मेवारपूर्ण प्रश्नपत्र निर्माणले सयौं संख्यामाा परिक्षार्थीहरु अनुत्तिर्ण भएको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

यसैगरी उनले हालै सम्पन्न भएको फ्युल्ड मेकानिक्स विषयको प्रश्नपत्रमा पनि प्रश्न उठाएका छन् । प्रश्नपत्रमा सैद्धान्तिक प्रश्नहरु लगभग समावेशन नै नगरिएको बताएका छन् । आफूले पटकपटक यस्तो गैरजिम्मेवारपूर्ण प्रश्नपत्रको विषयलाई रोक्न आवाज उठाए पनि सम्बोधन नभएको उनको भनाइ छ । 

 

उनले आफूले उठाएका प्रश्नहरु गलत भनेर प्रमाणित गर्नसमेत चुनौती दिएका छन् । वाटर रिसोर्सेज विषयको वरिष्ठतम प्रध्यापकसमेत भएको भन्दै उनले गैरप्राज्ञिक कार्य रोक्न अभिभावक विद्यार्थीलाई आग्रह समेत गरेका छन् । उनी ३२ वर्षदेखि त्रिविमा कार्यरत छन् ।



Your Comments