उपभोक्ता समितिमार्फत गरिने निर्माण सहरी विकास मन्त्रालयले रोक्यो

उपभोक्ता समितिमार्फत गरिने निर्माण सहरी विकास मन्त्रालयले रोक्यो


इन्जिनियर्स नेपाल |  कात्तिक २३, २०७८,


engineersnepal.com

सहरी विकास मन्त्रालयले उपभोक्ता समितिहरुबाट गरिने खरिद निर्माणका कार्यहरु तत्कालका लागि रोकेको छ । उपभोक्ता समितिहरुबाट भएका कामहरुमा एकरुपता, गुणस्तर र प्रतिस्पर्धा पनि नभएको भन्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समितिमार्फत हुने सबै कार्य तत्कालका लागि रोक्का गरेकी हुन् ।

 


ADVERTISEMENT

उपभोक्ता समितिबाट गराइने निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाइ कार्यान्वयन गर्न आवश्यक देखिएको भन्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्काे व्यवस्था नहुँदा सम्म उपभोक्ता समितिमार्फत गरिने सम्पूर्ण खरिद कार्यहरु तत्काल रोक्का गर्ने निर्णय गरेकी हुन् । 

 

सार्वजनिक खरिद ऐन २०६३ मा पनि उपभोक्ता समितिबाट सार्वजनिक निर्माण कार्य गर्न सकिने गरी विभिन्न खरिदका विधिहरु अपनाउन सकिने व्यवस्था छ । तर, उपभोक्ता समितिबाट कार्य गराउँदा कार्यमा एकरुपता नभएको, निर्माण कार्यमा प्रतिस्पर्धा नभएको, गुणस्तर कायम कठिन भएको र ऐन, नियममा भएको व्यवस्था पालना नभएको भन्दै मन्त्रालयले तत्काल यो कार्य रोक्ने निर्णय गरेको छ । 

 

यी उल्लेखीत कारणहरु देखाइ महालेखापरिक्षकको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि प्रतिवेदनमार्फत सुझाव दिदैं आएका छन् । यसैगरी मन्त्रालयबाट अनुगमनको क्रममा समेत कार्यहरु सन्तोषजनक नभएको भन्दै मन्त्री झाँक्रीले यस्तो निर्णय गरेकी हुन् । 

 

अर्काे व्यवस्था नहुँदासम्म मन्त्रालयमार्फत हुने सार्वजनिक निर्माणका कार्यहरुमा उपभोक्ता समितिमार्फत निर्माण तथा खरिद कार्यहरु नहुने भएका छन् । कात्तिक १४ गते मन्त्री झाँक्रीले अर्काे व्यवस्था नहुँदासम्म उपभोक्ता समितिमार्फत गरिने सम्पूर्ण निर्णयहरु रोक्का गरेकी हुन् ।  

 

Open photo



Your Comments