४९० मेवाको अरुण चौथोको लाइसेन्स विद्युत प्राधिकरणलाई, लागत ६५ अर्ब

४९० मेवाको अरुण चौथोको लाइसेन्स विद्युत प्राधिकरणलाई, लागत ६५ अर्ब


इन्जिनियर्स नेपाल |  कात्तिक ८, २०७८,


engineersnepal.com

४९० दशमलव २ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स) नेपाल विद्युत प्राधिकरणलाई दिइएको छ । रु. ६५ अर्ब लगानी आवश्यक हुने यो आयोजनाको लाइसेन्स ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले प्राधिकरणलाई दिएको हो ।

 


ADVERTISEMENT

संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको विस्तृत अध्ययन विद्युत विकास विभागले सम्पन्न गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विभागमा गत भदौमा आवेदन दिएको थियो । प्राधिकरणको मागपछि मन्त्रालयले सोमवार प्राधिकरणलाई आयोजनाको लाइसेन्स उपलब्ध गराएको हो ।

अरुण–४को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुई वटा आयोजनाहरु एकसाथ अगाडि बढाउने भएको छ । यी दुवै आयोजनाको निर्माण समानान्तर रुपमा ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत अगाडि बढाइने प्राधिकरणको तयारी छ ।

 

अरुण–४को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ । विभागको अध्ययनअनुसार बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २।५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ ।


कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भएको छ । विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत करिब ६५ अर्ब रुपैयाँ छ । आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुने जनाइएको छ ।



Your Comments