विद्युतबाट खाना बनाउने चुलोको व्यवस्था गरिने

विद्युतबाट खाना बनाउने चुलोको व्यवस्था गरिने


इन्जिनियर्स नेपाल |  असोज २४, २०७८,


engineersnepal.com

उर्जा, सिँचाइ तथा जलस्रोतमनत्री पम्फा भूसालले विद्युतबाट खाना बनाउने चुलोको व्यवस्था गर्ने तयारी गरिएको बताइन् । गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले ग्यासको सट्टा विद्युतलाई उपयोग गरी खाना बनाउने व्यवस्था गर्ने बताइन् ।

यसैगरी विद्युत महसुल घटाइ सडक बत्तीको व्यवस्था पनि गरिने उनले जानकारी दिइन् । कार्यक्रममा सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उनको भनाइ छ ।


ADVERTISEMENT

नगर प्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि रु. ८ लाख बजेट छुट्याइएको जानकारी दिए । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उनले बताए ।



Your Comments