दुईवटा जलविद्युत आयोजनाको रु. ७२ अर्ब ३१ करोड लगानी स्वीकृति

दुईवटा जलविद्युत आयोजनाको रु. ७२ अर्ब ३१ करोड लगानी स्वीकृति

कर्णालीको अध्ययन गर्न उच्चस्तरिय समिति गठन


इन्जिनियर्स नेपाल |  असोज २३, २०७८,


engineersnepal.com

लगानी बोर्ड नेपालले २ वटा जलविद्युत आयोजनाको कुल ७२ अर्ब ३१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डको ४८ औं बैठकले दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत परियोजना र संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैडकले ५६ मेगावाट क्षमताको जुमखोलाको १० अर्ब ५ करोड रुपैयाँ र हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुणको ६२ अर्ब २६ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।


ADVERTISEMENT

यसै गरी, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । 

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् । लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहेका छन् । बैठकले लगानी बोर्डको २०७८र०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

यस्तै सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ । बैठकमा देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिएका थिए ।

उक्त बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल,लगायतका उपस्थीत थिए ।
 



Your Comments