तराईमा स्वच्छ उर्जा प्रर्वद्धन गर्न रु. ५ अर्बको परियोजना स्वीकृत, १५० स्थानीय तह लाभान्वित हुने

तराईमा स्वच्छ उर्जा प्रर्वद्धन गर्न रु. ५ अर्बको परियोजना स्वीकृत, १५० स्थानीय तह लाभान्वित हुने


इन्जिनियर्स नेपाल |  असोज २३, २०७८,


engineersnepal.com

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले तराई जिल्लामा स्वच्छ उर्जा प्रवद्र्धन गर्ने उद्देश्यले हालै ५ अर्ब ८९ करोड रुपैयाँको परियोजना स्वीकृत गरेको छ । तराईका विभिन्न २२ जिल्लाहरुका १५० स्थानीय तहहरुमा १० लाख परिवारले खाना पकाउने स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन गर्ने लक्ष्यअनुसार केन्द्रले हरित जलवायु कोष (जीसीएफ)को उक्त रकम स्वीकृत गरेको हो । 

 


ADVERTISEMENT

केन्द्रको ३० औं बोर्ड बैठकले उक्त लगानीको परियोजना स्वीकृत गरेको हो । उक्त परियोजना ५ वर्षभित्र तराईका ती स्थानीय तहहरुमा कार्यान्वयन गरिनेछ । 
परियोजनाबाट ६५ लाख १३ हजार ६२९ टन बराबरको कार्बन उत्सर्जन न्युनिकरण गरी १० लाख घरधुरीमा स्वच्छ उर्जाको पहुँच पुग्ने केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए ।

तराईमा अहिले पनि दाउरा, गोबर गुइठा जस्ता उर्जाको प्रयोग गरेर भान्साहरु चलाउने प्रचलन छ । यसलाई विस्थापित गर्नका लागि यो परियोजनाबाट ५ लाख विद्युतीय चुलो, ४ लाख ९० हजार बराबरको सुधारिएको चुलो तथा १० हजार बायोग्याँस प्रवद्र्धन गरिने केन्द्रले जनाएको छ । 
 



Your Comments