नेइए निर्वाचन : केन्द्रमा महासचिव सहित ७ उम्मेदवार थपिए

नेइए निर्वाचन : केन्द्रमा महासचिव सहित ७ उम्मेदवार थपिए


इन्जिनियर्स नेपाल |  असोज १४, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एसोसिएशन नेपाल (नेइए)को कात्तिक १३ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । नेइएले परिवर्तित निर्वाचन कार्यक्रमअनुसार बुधवार नै उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।

 


ADVERTISEMENT

नेइए ३३ औं केन्द्रिय कार्यकारिणी समिति, सातवटै प्रदेशको दोस्रो कार्यकारिणी समिति तथा सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ । गत वैशाखमा हुने भनिएको निर्वाचन विविध कारणले सरेपछि नेइएले स्थगन गरिएको निर्वाचन गर्न लागेको हो । त्यसअनुसार वैशाखअघि उम्मेदवारी दिएका अधिकांशले यो पटक पनि पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

 

नेइएले पुनः सार्वजनिक गरेको निर्वाचनका लागि उम्मेवदारी फिर्ता वा नयाँ दर्ताका लागि पनि मौका दिएको थियो । त्यस अनुसार अध्यक्ष पदका उम्मेदवारहरु यथावस्थामै रहेका छन् । वैशाखमा दर्ता भएका उनीहरुले उम्मेदवारी फिर्ता लिएका छैनन् भने नयाँ अध्यक्ष पदका आकांक्षीहरु पनि थपिएका छैनन् । 
वैशाखमै उम्मेवदारी दर्ता गराएका ५ जना राजेन्द्रप्रसाद हाडा, दीलिपकुमार झा, हरिराम पराजुली, सुरज लामिछाने, हरिबहादुर दर्लामी अध्यक्ष पदका लागि यो पटक पनि उम्मेदवारी दिदैं चुनावी मैदानमा उत्रिदैछन् ।  

 

यसैगरी उपाध्यक्षमा भने १ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । योसँगै उपाध्यक्ष पदमा पनि ५ जना उम्मेदवार पुगेका छन् । नेइएले सार्वजनिक गरेको प्रारम्भिक उम्मेवदारीको नामसूची अनुसार उपाध्यक्षमा सविन महर्जन, ऋषि कोइराला, न्हसला तुलाधर, देउकाजी गुरुङ, नारायणप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।  उपाध्यक्ष पदका लागि देउकाजी गुरुङले हालै उम्मेवारी दर्ता गराएका हुन् भने बाँकी बैशाखमै उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै महासचिव पदमा भने ७ जनाले उम्मेदवारी दिएका छन् । वैशाखको उम्मेदवार सूचीअनुसार यो पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएकोमा अहिले २ जना थपिएका छन् । नेइएका अनुसार महासचिव पदका लागि रुपेश प्रजापति, कृष्ण सिंह बस्नेत, शंकर ढकाल, अमृतमणी रिमाल, रबि भूषण झा, विरोध रिजाल, भेषराज थापाबीच प्रतिस्पर्धा हुनेछ ।

 

महासचिव पदका लागि विरोध रिजाल र भेषबहादुर थापा यसपटक दर्ता गराएका हुन् भने बाँकीले वैशाखमै दर्ता गराएका थिए । यस्तै उपमहासचिवमा ५ जनाबिच प्रतिस्पर्धा हुँदैछ । यसमा पनि १ जना नयाँ उम्मेदवार थपिएका छन् । यो पदमा सुनिता दुवाल, सुधिर गुरागाई, विकास वाग्ले, सरोज धिताल र शिवराम केसीबीच प्रतिस्पर्धा हुँदैछ । यसमा शिवराम केसीले यसपटक उम्मेदवारी दिएका हुन् ।

 

कोषाध्यक्षमा पनि ५ जनाबिच प्रतिस्पर्धा हुँदैछ । सुरेन्द्र राय यादब, रमिता श्रेष्ठ, श्यामनारायण चौधरी, आनन्द सिंह, दिनेश त्रिपाठीबीच यो पदका लागि प्रतिस्पर्धा हुँदैछ । यसमा भने नयाँ उम्मेदवार थपिएका छैनन् । यसैगरी सहकोषाध्यक्षमा पनि ५ जना नै उम्मेदवार रहेका छन् । रबिन कसुला, सञ्जयकुमार महतो, स्मिता भट्ट, अर्जुन पौडेल, दीपक अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । यसमा पनि नयाँ उम्मेवदार थपिएका छैनन् ।

 

वैशाखमै उम्मेदवारी दिएकाले नै पुनः दोहो¥याएका छन् । यसैगरी सदस्य पदका लागि भने ६७ जना पुगेका छन् । यसअघि भने ६० जना थिए । निर्वाचनको नयाँ मिति तय भएसँगै सदस्य पदका लागि थप ७ जना थपिएका छन् ।



Your Comments