रु.७ अर्ब लगानीमा आँखु खोला हाइड्रो बन्ने, ४ वर्षमा सक्ने लक्ष्य

रु.७ अर्ब लगानीमा आँखु खोला हाइड्रो बन्ने, ४ वर्षमा सक्ने लक्ष्य


इन्जिनियर्स नेपाल |  असोज १३, २०७८,


engineersnepal.com

धादिङ जिल्लास्थीत माथिल्लो आँखु खोला हाइड्रो ७ अर्ब ३३ करोडको लगानीमा बन्ने भएको छ । व्यवसायी अजयराज सुमार्गीसहितका प्रवद्र्धकको लगानीमा ३८ मेगावाट क्षमताको उक्त परियोजना बन्ने भएको छ । उक्त आँखु खोला हाइड्रो ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 


ADVERTISEMENT

बागमती प्रदेशको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने परियोजना अघि बढाउन प्रवद्र्धक र विभिन्न बैंकबिच मंगलवार काठमाडौंमा वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौता भएको छ ।  

 

यो परियोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लि, नेपाल एस.बि.आइ बैंक लि, नेपाल बंगलादेश बैंक लि, मेगा बैंक नेपाल लि., र सिभिल बैंक लि.बाट ऋण लगानी गर्नेछन् । परियोजनाको अनुमानित लागतमध्ये ती बैंकहरुको ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण लगानी रहनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

 

आगामी ४ वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ  कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको पनि जनाइएको छ ।

 

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली  ३ बी  हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार परियोजनाबाट हिउँदमा ६६ दशमलव ७०० गिगावाट घन्टा र वर्खामा १५२ दशमलव ४३८ गिगावाट गरी वार्षिक २१९ दशमलव १३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।



Your Comments