६ हजारमै इन्जिनियरिङको इन्ट्रान्स तयारी कक्षा पढाउँदै 'क्ल्याम्पहुक'

६ हजारमै इन्जिनियरिङको इन्ट्रान्स तयारी कक्षा पढाउँदै 'क्ल्याम्पहुक'


इन्जिनियर्स नेपाल |  असोज ९, २०७८,


engineersnepal.com

६ हजारमै इन्जिनियरिङको 'इन्ट्रान्स' तयारी कक्षा पढ्न पाइने भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुमा भर्नाका लागि लिने स्नातक तह (ब्याचलर्स)को प्रवेश परिक्षा तथा अन्य  विश्वविद्यालयले लिने प्रवेश परिक्षाको तयारी कक्षा क्ल्याम्पहुक एकेडेमीले सञ्चालन गरेको छ । 


ADVERTISEMENT

असोज ११ गते सोमवारदेखि उक्त शैक्षिक संस्थाले सर्वसुलभ शुल्कमा प्रवेश परिक्षाका अनलाइन तयारी कक्षाहरु सञ्चालन गर्ने भएको हो ।

शुक्रबार बाट कक्षा १२ को अन्तिम परिक्षा पनि सकिए संगै प्रतिस्पर्धि बन्दै आएको इन्जिनियरिङ तथा आइटी क्षेत्रको प्रवेश परिक्षाको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।

इन्जिनियरिङ तथा आइटी बिषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परिक्षाका लागि उपयुक्त वातावरण पाउन् र अनुभवी शिक्षकरुबाट कक्षा लिएर नतिजा राम्रो ल्याउन सकुन् भन्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक इन्जिनियर विक्की छन्त्यालले जानकारी दिए । 

खासगरी उपत्यका बाहिरबाट प्रवेश परिक्षाका कक्षाहरु लिन विद्यार्थीहरु काठमाडौं नै आउन नपरोस् र खर्चिलो नहोस् भन्ने उद्देश्यले अनलाइन कक्षा नै सञ्चालन गर्न लागेको उनले बताए ।

क्ल्याम्पहुकले अनलाइन कक्षाहरु सस्तो र सुलभ रुपमा सञ्चालन गर्ने दाबी गरेको छ । प्रवेश परिक्षाका लागि शुल्क रु। ६ हजार मात्रै तोकेको छ । यसैगरी विद्यार्थीहरुलाई विगतका परिक्षामा सोधिएका प्रश्नहरुबाट पनि अभ्यास गराउनुका साथै डिजिटल नोटको पनि ब्यबस्था गरिएको संस्थाले जनाएको छ । 

प्रवेश परिक्षाका लागि आवश्यक हुने सामग्रीहरु पनि अनलाइन माध्यमबाट नै उपलब्ध गराउने संस्थाले जनाएको छ । हरेक बर्ष करिब १५ हजार विद्यार्थीले कम्प्युटरबाट लिइने इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परिक्षामा सहभागी हुँदै आएका छन् ।



Your Comments