नेइए निर्वाचनः मतदान केन्द्र परिर्वतन गर्ने आज अन्तिम दिन

नेइए निर्वाचनः मतदान केन्द्र परिर्वतन गर्ने आज अन्तिम दिन


इन्जिनियर्स नेपाल |  असोज ८, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को निर्वाचनका लागि उम्मेदवारहरुले मतदान केन्द्र परिर्वतन गर्न पाउने अवधि आज सकिदैछ । नेइएले केही दिन अघि जारी गरेको निर्वाचन कार्यक्रमको सूचनाअनुसार आज ८ गते शक्रुवारसम्म मतदान केन्द्र परिर्वतन गर्न सकिने व्यवस्था छ ।


आगामी कात्तिक १३ गते हुने निर्वाचनका लागि साविक उम्मेदवारहरुले आज शुक्रवारसम्म मात्रै मतदान केन्द्र परिर्वतनका लागि निवेदन दिन पाउनेछन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण गत वैशाख २४ गते हुने भनिएको निर्वाचन स्थगन गरिएको थियो । 


ADVERTISEMENT

मुलुकमा संक्रमण दर कम हुँदै आएको र कोभिडविरुद्धको खोप पनि लगाउने क्रम बढेपछि भदौ १२ गते बसेको नेइएको कार्यकारिणी समितिले परिवर्तित निर्वाचन कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।


 

 

No description available.



Your Comments