नेपाल–बंगलादेश विद्युत व्यापारको तयारी, गहृकार्य अघि बढाउन २ निकायलाई जिम्मा

नेपाल–बंगलादेश विद्युत व्यापारको तयारी, गहृकार्य अघि बढाउन २ निकायलाई जिम्मा


इन्जिनियर्स नेपाल |  असोज ७, २०७८,


engineersnepal.com

नेपाल–बंगलादेशबीच उर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धमा भएको समझदारीको ३ वर्षपछि कार्यान्वयनका लागि तयारी अघि बढेको छ । नेपालमा विद्युत उत्पादन क्षमता बढेसँगै यसको व्यापारका लागि गृहकार्य पनि सुरु गरिएको र सोहीअनुसार २ देशबीचको विद्युत व्यापारको तयारी गरिएको हो । 


नेपाल र बंगलादेशबीच विद्युत व्यापारको आवश्यक तयारी गर्न नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरण र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ ।


ADVERTISEMENT

 

दुई देशबीच उर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धी केही दिनअघि बसेको सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको हो । उक्त बैठकले जलविद्युत क्षेत्रका लागि सहकार्य पनि गर्ने निर्णय गरेको छ ।

 

उक्त बैठकले दुई देशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिदका लागि सिफारिस अनुमोदन गरेको छ । 

 

जलविद्युत क्षेत्रमा सहकार्यको लागि नेपालबाट प्रस्तावित सम्भावित ५ वटा जदविद्युत आयोजनामध्ये पहिलो चरणमा सुनकोशी ३ अघि बढाउन डिसेम्बरमा स्थलगत भ्रमण गर्ने पनि सहमति भएको छ ।

 

यसैगरी दीर्घकालिन उपाय स्वरुप नेपाल बंगलादेशबीच प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षिय बैठकमार्फत सहमति जुटाउने तयारी गरिएको छ । यसअनुसार डेडिकेटेड अन्तरदेशिय प्रसारण लाइन सम्बन्धी कार्य अघि बढाउने पनि भएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।



Your Comments