ग्रिन हाईड्रोजन उर्जामा केयुको अध्ययन, पेट्रोलियम पदार्थको विकल्प बन्ने

ग्रिन हाईड्रोजन उर्जामा केयुको अध्ययन, पेट्रोलियम पदार्थको विकल्प बन्ने


इन्जिनियर्स नेपाल |  असोज ६, २०७८,


engineersnepal.com

हाइड्रोजन उर्जाको सम्भावना, उत्पादन र प्रयोगका विषयमा काठमाडौं विश्वविद्यालय (केयु)ले अध्ययन गरिरहेको छ । विगत १ वर्षदेखि केयुले यस विषयमा अध्ययन गर्दै आएको छ ।

काठमाडौं विश्वविद्यालयले (केयु) २०२० को अगष्टदेखि यसको अध्ययन शुरु गरेको छ । सोही अध्ययनअनुसार नेपालमा हाइड्रोजन उर्जा उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।


ADVERTISEMENT

केयुका सहायक प्रध्यापक तथा केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर बिराज सिंह थापाले हरित हाइड्रोजन उर्जा उत्पादन सम्भव भएको बताए । नेपाल आयल निगम, केयु र नेसनल मिडिया सेन्टरको सहकार्यमा आयोजित एक दिने कार्यशालामा यस्तो धारणा राखिएको छ ।

नेपालमा वार्षिक खर्ब रुपैयाँभन्दा बढिको इन्धन आयात हुदाँ वार्षिक व्यापार घाटा पनि उच्च हुँदै आएका बेला हाइड्रोजन उर्जालाई विकल्पको रुपमा प्रयोग गर्न सक्ने आधार रहेको उनले बताए ।

नेपालमा उत्पादनको सम्भावना र क्षमता देखिए पनि यसमा राज्यले कस्तो नीति लिन्छ भन्ने विषयले महत्व राख्ने जनाइएको छ । नेपाल आयल निगमका महाप्रवन्धक सुरेन्द्रकुमार पौडेलले तत्काल नै नभए पनि हाइड्रोजन उर्जामा जानु पर्ने अवस्था नेपाललाई रहेको बताए । 

अहिले अत्यन्त प्रारम्भिक चरण रहेको भन्दै उनले भविष्यमा पेट्रोलियम पदार्थको विकल्प र यसको प्रयोगलाई घटाउँदै जानका लागि हाइड्रोजन उर्जा उत्पादनलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

हाइड्रोजन उर्जालाई ४ किसिमले प्रयोग गर्न सकिने केयुको अध्ययनले देखाएको छ । हाइड्रोजनबाट पुनः विजुली नै निकाल्न सकिन्छ, भने इन्धन औद्योगिक कच्चा पदार्थ र ताप (हिट)को रुपमा यसलाई प्रयोगमा ल्याउन सकिन्छ । 

हाइड्रोजन अत्यधिक प्रज्वलनशिल वस्तु भएकोले यातायात, जहाज खाना पकाउने ग्यासको इन्धनको रुपमा प्रयोग गर्न सकिने देखिएको छ । नेपालमा धौवादी फलाम खानी पनि उत्खननकै क्रममा रहेको र रासायनिक मल कारखाना स्थापनाको तयारी पनि भएकाले हाइड्रोजन उर्जाको खपतको सम्भावना स्पष्ट देखिएको छ ।
 

हाइड्रोजन उर्जा खपतका क्षेत्र
यातायात तथा हवाई इन्धन
रासायनिक मल
सिमेन्ट/डण्डी उद्योग
फलाम खानी 
खाना पकाउने ग्यास



Your Comments