नेइए निर्वाचन कार्तिक १३ मा हुने निश्चित, नयाँले उमेदवारी दर्ता र साविकले फिर्ता लिन समेत पाउने

नेइए निर्वाचन कार्तिक १३ मा हुने निश्चित, नयाँले उमेदवारी दर्ता र साविकले फिर्ता लिन समेत पाउने


इन्जिनियर्स नेपाल |  असोज ५, २०७८,


engineersnepal.com

इन्जिनियर्सहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को स्थगन भएको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन हुने निश्चित भएको छ । नेइएले आगामी कात्तिक १३ गते शनिवारका लागि निर्वाचन मिति तोकेसँगै स्थगन भएको चुनाव हुने निश्चित भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण गत वैशाख २४ गते हुने भनिएको निर्वाचन स्थगन गरिएको थियो । तर, भदौ १२ गते बसेको नेइएको कार्यकारिणी समितिले परिवर्तित निर्वाचन कार्यक्रमहरु सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

योसँगै ६ महिनापछि नेइएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । बैशाखमा निर्वाचन हुने भन्दै उमेदवारी पनि दर्ता गरिएको थियो । तर, स्थगन भएसँगै यो प्रक्रिया रोकिएको थियो । यसलाई मध्यनजर गर्दै नेइए उमेदवारी फिर्तादेखि मतदान केन्द्र सार्न सकिनेसम्मको तयारी गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार असोज ६ गतेदेखि ८ गतेसम्म साविक कायम रहेका मतदाता सदस्यहरुले मतदान केन्द्र परिर्वतन गर्न सक्नेछन् । नेइएले असोज ९ गते मतदाता नामावली प्रकाशित गर्ने भएको छ भने उमेदवारको अन्तीम नामावलीमा साविक नाम प्रकाशित भएका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन पनि पाउने व्यवस्था नेइएले गरेको छ ।

यसैगरी नयाँ उमेदवार हुन चाहनेले पनि उमेदवारी दिन पाउनेछन् । नेइएका अनुसार उमेदवारको अन्तीम नामावली भने असोज १५ गते सार्वजनिक हुनेछ ।

 निर्वाचन तालिका :

 



Your Comments