सिडेन अध्यक्ष इन्जिनियर थानी सुप्रवल जनसेवाश्रीबाट विभूषित

सिडेन अध्यक्ष इन्जिनियर थानी सुप्रवल जनसेवाश्रीबाट विभूषित


इन्जिनियर्स नेपाल |  असोज ३, २०७८,


engineersnepal.com

नेपाली कांग्रेसको शुभचिन्तक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष इन्जिनियर उमेश प्रसाद थानी सुप्रवल जनसेवाश्रीबाट विभूषित भएका छन् । उनलाई नेपाल इन्जिनियरिङ परिषद्का पुर्वरजिष्ट्रारका रूपमा विभूषित गरिएको हो । 

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ९ सय ३ जनालाई प्रदान गरेको छ । 


ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार  ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । 

हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।



Your Comments