कागेश्वरी मनोहरामा 'इबीपीएस' व्यवस्थापन प्रणाली सम्बन्धी तालिम सम्पन्न, अब अनलाइनबाट घर नक्सा पास हुने

कागेश्वरी मनोहरामा 'इबीपीएस' व्यवस्थापन प्रणाली सम्बन्धी तालिम सम्पन्न, अब अनलाइनबाट घर नक्सा पास हुने


इन्जिनियर्स नेपाल |  असोज ३, २०७८,


engineersnepal.com

कागेश्वरी मनोहरा नगरपालिकामा भित्र बनेका घरहरू इबीपीएस कम्युटर सफ्टवेयर अर्थात अनलाइनबाट पास हुने भएको छ। 

नगरपालिकाले नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली इबीपीएस सम्बन्धी तालिम शुक्रबार सम्पन्न गरे संगै अब नगरपालिका भित्र बनेका घरहरू अनलाईनबाट पास हुने छन् ।


ADVERTISEMENT

उक्त तालिमको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका थिए । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख थापाले नक्सा पास र भवन निर्माण कार्यलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले गरिरहेको बताउदै नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली इबीपीएस सम्बन्धी तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिमका सहभागीहरुलाई आग्रह गरेका छन् ।

समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न नगरपालिकाले अनलाइन प्रक्रियाको थालनी गरेको हो।  

शहरीकरणलाई व्यवस्थित बनाउनका लागि पूर्वी काठमाडौं शहरी विकास आयोजना मार्फत कार्य भैरहेको बताउदै नगर प्रमुख थापाले प्राविधिकहरुले सहज र सरल रुपले सेवा प्रदान गर्नुपर्ने बताए।

कार्यक्रममा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले नगरपालिकाले विद्युतिय माध्यमबाट नक्सा पास गर्ने कार्य गर्न लागेको र यसबाट नगरबासीहरुलाई सेवा लिन सहज हुने बताउदै नगरपालिकाले भवन निर्माण कार्यलाई व्यवस्थित गर्ने, लक्षित बर्गका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउने लगायतका कार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण शाखाका प्रमुख ईन्जिनियर उमेश जंग थापाले नगरबासीहरुलाई घरबाटै नक्सा पासको लागि आवेदन दिन सकिने र नक्सा पास कार्यलाई सहज र सरल बनाउने गरी कार्य भैरहेको बताउदै यसका लागि नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली इबीपीएस सम्बन्धी तालिमले महत्वपूर्ण सहयोग पुर्याउने धारण राखे । 

कागेश्वरी मनोहरा नगरपालिकालाई नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणालीको प्राविधिक सहयोगको रुपमा फिनिक्स सोल्युसन्स् प्रालिले गरेको थियो ।  प्रालिका प्रविधिक प्रमुख नविन धिमिरे उपस्तिथिति र साथसाथै प्राविधिक तालिम प्रशिक्षण सहयोगी दिपन बुर्झा र रामेश्वर पाण्डेले प्राविधिकहरुलाई तालिम दिएका थिए ।



Your Comments