एनइए तयारी कक्षा सञ्चालन गर्दै क्ल्याम्पहुक, यस्तो छ शुल्क

एनइए तयारी कक्षा सञ्चालन गर्दै क्ल्याम्पहुक, यस्तो छ शुल्क


इन्जिनियर्स नेपाल |  असोज २, २०७८,


engineersnepal.com

नेपाल विद्युत् प्राधिकरण (एनइए)ले विभिन्न तहमा स्थायी पदपूर्तिका लागि खुलाएको लोकसेवा परीक्षाको तयारी कक्षा क्ल्याम्पहुक एकेडेमीले सञ्चालन गर्ने भएको छ ।

प्राधिकरणले ३ देखि ७ औं तहसम्मको स्थायी पदपूर्तिका लागि भदौ १८ गते विज्ञापन खुलाएसँगै क्ल्याम्पहुकले असोज ६ गतेदेखि अनलाइन तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको हो । 


ADVERTISEMENT

इलेक्ट्रिकल, मेकानिकल, सिभिल गरी तीनवटा विधाका ३ देखि ७ औं तहसम्मका गरी २०० जना पदपूर्तिका लागि प्राधिकरणले लोकसेवा परीक्षा गराउँदै छ । 

यस परीक्षाका लागि लक्षित विद्यार्थीहरुलाई सहयोग पु¥याउने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरिएको क्ल्याम्पहुक एकेडेमीका कार्यकारी अधिकृत इनिजनियर विक्की छन्त्यालले जानकारी दिए । 

प्राधिकरणले ३, ४, ५ र ७ औं तहका लागि विज्ञापन खुलाएको भन्दै उनले विद्यार्थीको सहजताका लागि र अहिलेको आवश्यकता अनुसार अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । अनलाइन कक्षाको समय शिक्षक र विद्यार्थीलाई नै पायक पर्ने गरी निर्धारण गरिने उनले जनाए । यो कोर्स ३ महिनासम्म सञ्चालन हुने उनले बताए ।

उक्त अवधिसम्मका लागि तहगत शुल्क निर्धारण गरिएको छ । जसअनुसार विद्यार्थीहरुले ४ हजार रुपैयाँदेखि बढीमा ८ हजार रुपैयाँसम्म मात्रै तिरे पुग्छ । 

उनका अनुसार इलेक्ट्रिकल तह तेस्रोका लागि ४ हजार रुपैयाँ, इलेक्ट्रिकल/मेकानिकल तह चौथोका लागि पनि ४ हजार रुपैयाँ, इलेक्ट्रिकल/मेकानिकल तह पाँचौंका लागि ६ हजार रुपैयाँ र इलेक्ट्रिकल/सिभिल तह सातौंका लागि ८ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्राधिकरणको लोकसेवा परीक्षा तयारी कक्षाका लागि सम्बन्धीत क्षेत्रका विज्ञ, अनुभवि शिक्षकलाई लिएर पहिलो पेपरका लागि तयारी कक्षा सञ्चालन गर्ने उनको भनाइ छ । यस्तै दोस्रो पेपरका लागि प्राधिकरणमै कार्यरत रहेका र यस्ता कक्षा सञ्चालनमा अध्यापन गराउँदै आएका अधिकृतहरुबाट तयारी कक्षा सञ्चालन गरिने उनले बताए ।

अनलाइन फारम : https://forms.gle/r2ziES2NDkM4LiK39



2 Comments

Dharbendra mandal

Sept. 18, 2021, 1:27 p.m.

Dear sir, mlai 4th lebal ko not chahiye x kati rupee lagla mechanical, ani nirmaan upkaran sambhar lok sewa ma machanic 4th level ko pni note chahunx My number 9817643474

Ganesh

Sept. 18, 2021, 10:42 a.m.

Electrucal level 4kayle bata start hunxa sir

Your Comments