पुर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङको स्नातकोत्तर तहका लागि प्रवेश परिक्षाको आवेदन खुलायो

पुर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङको स्नातकोत्तर तहका लागि प्रवेश परिक्षाको आवेदन खुलायो


इन्जिनियर्स नेपाल |  साउन १९, २०७८,


engineersnepal.com

पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकाय स्नातकोत्तर तहका लागि प्रवेश परिक्षा लिने सूचना जारी गरेको छ । उक्त विश्वविद्यालयले सो संकायअन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्वन्धन प्राप्त स्कुल/क्याम्पस/कलेजहरुमा सञ्चालित स्नातकोत्तर तहका लागि नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परिक्षा लिने भएको हो । 

कोरोना भाइरसको संक्रमणका बिच विश्वविद्यालयहरुले प्रवेश परिक्षा कसरी र कहिले लिन्छन् भन्ने अन्योलका बीच विश्वविद्यालयले यस्तो परिक्षाका लागि आवेदन दिन आह्वान गरेको छ । 


ADVERTISEMENT

शैक्षिकसत्र २०७७/७८ का लागि उक्त संकायमा भर्ना सम्बन्धी प्रवेश परिक्षा दिन विद्यार्थीहरुले आवेदन फारम भरी आगामी भदौ ११ गते भित्र र दोब्बर दस्तुर सहित भदौ १८ गतेसम्म बुझाउन विश्वविद्यालयले आग्रह गरेको छ । 

 

Open Photo



Your Comments