न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण सकियो

न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण सकियो


इन्जिनियर्स नेपाल |  साउन ८, २०७८,


engineersnepal.com

पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको आयोजनामा कालीगण्डकी करिडोर प्रशारण लाइन अन्तर्गतको सुनवल नगरपालिकामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी सबस्टेशनको निर्माण सम्पन्न भएको हो। 


ADVERTISEMENT

सन २०२० अक्टोवरभित्र निर्माणकार्य सक्नुपर्ने गरी २०१७ को अक्टोवरदेखि विद्युत सब स्टेशन निर्माणको कार्य शुरु भएको  अहिले सम्पन्न भएको हो। सबस्टेशनको भौतिक निर्माण कार्य सम्पन्न गरी अब परीक्षणको तयारीमा छ ।

टावरहरुको निर्माण, ट्रान्सफरर्मर एवं अन्य उपकरणहरुको जडान, सबस्टेशन नियंत्रण भवन उपकरणहरुको जडान, सबस्टेशनको प्रशासनिक भवन, कर्मचारी आवास भवन लगायतका भौतिक निर्माणका कामहरु सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ। 

एक अर्ब ८० लाख रुपियाँको लागतमा निर्माण भएको सबस्टेशनले कालिगण्डकी क्षेत्रबाट उत्पादित विद्युत मध्य तराईका निर्माणाधीन शहरहरुमा प्रसारण गर्ने छ ।



Your Comments