गत आर्थिक वर्षमा ३ सय मेगावाट विद्युत मात्रै राष्ट्रिय प्रणालीमा

गत आर्थिक वर्षमा ३ सय मेगावाट विद्युत मात्रै राष्ट्रिय प्रणालीमा


इन्जिनियर्स नेपाल |  साउन ७, २०७८,


engineersnepal.com

गत आर्थिक वर्षमा ३ सय मेगावाट विद्युत मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको छ। सरकारले १३ सय मेगावाट विद्युत जडान गर्ने लक्ष्य राखेकोमा ३ सय मेगावाट मात्रै जडान गर्न सफल भएको हो। 
  
गत आर्थिक वर्ष हाँडीखोला १ मेगावाट, अपर रावाखोला ३ मेगावाट, नामार्जुन मादी १२ मेगावाट, घट्टेखोला ५ मेगावाट, विजयपुर दोस्रो ४.५ मेगावाट, अपर चाकु ‘ए’ २२ मेगावाट, मिस्त्रीखोला ४२ मेगावाट गरी ७ वटा आयोजना राष्ट्रिय प्रणालीमा जोडिएका छन्। 
 
प्राधिकरणका अनुसार माइबेनी १० मेगावाट, सिंगटीखोला २५ मेगावाटले भर्खरै परीक्षण उत्पादन सुरु गरेका छन् । 

योबाहेक बुटवल सोलारको ८.५ मेगावाट, मिथिला सोलारको १० मेगावाट, प्राधिकरणको नुवाकोटस्थित सोलार आयोजनाबाट १२ मेगावाट गरी ३०.५ मेगावाट सौर्य ऊर्जा पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । 


ADVERTISEMENT

माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । तर पूर्णरुपमा विद्युत उत्पादन गर्न सकेको छैन। 

सरकारले माथिल्लो तामाकोसीको ४ सय ५६ मेगावाटसहित केही ठूला आयोजनाको निर्माण पूरा भएर राष्ट्रिय प्रणालीमा जोडिने अनुमानसहित १३ सय मेगावाट विद्युत जडान हुने बताएको थियो। 

कोरोना महामारीका कारण धेरै आयोजनाको निर्माण तालिका प्रभावित हुँदा थोरै विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको  प्राधिकरणले जनाएको छ।



Your Comments