आइओइका विद्यार्थीलाई छात्रवृत्ति, २० गतेसम्म नामावली दिन आग्रह

आइओइका विद्यार्थीलाई छात्रवृत्ति, २० गतेसम्म नामावली दिन आग्रह


इन्जिनियर्स नेपाल |  साउन ६, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गतका क्याम्पसले गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । संस्थानको डीन कार्यालय तथा एशिया डेभलपमेन्ट फाउन्डेसन (एडीएफ) कोरियाबीच भएको सम्झौता अनुसार पुल्चोक, पश्चिमाञ्चाल, थापाथली र पुर्वाञ्चल क्याम्पसका २/२ सिट उपलब्ध गराई विद्यार्थीलाई गरीब जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने भएको हो ।

गरीब जेहेन्दार छात्रवृत्ति सिट संख्या ८ रहेको र त्यसअनुसार ती क्याम्पसलाई २/२ सीट उपलब्ध गराउने निर्णय भएको छ । सो अनुसार ती क्याम्पसमा स्नातक तहमा प्रथम वर्ष प्रथम खण्डमा अध्ययनरत विद्यार्थीहरुमध्येबाट छात्रवृत्ति प्रयोजनार्थ प्रत्येक क्याम्पसबाट ४ जना छात्र/छात्रा छनोट गर्न उक्त संस्थाले माग गरेको छ ।


ADVERTISEMENT

संस्थानको व्यवहारिक अनुसन्धान तथा विकास केन्द्र (सीएआरडी)का निर्देशक प्रा.डा. भोलानाथ शर्मा घिमिरेका अनुसार छनोट भएका क्याम्पसहरुले ४ जना गरीब तथा जेहेन्दार विद्यार्थीको नामावली साउन २० गतेसम्म उक्त कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ । उक्त छात्रवृत्तिका लागि विभिन्न सर्तहरु राखिएको छ ।
 



Your Comments