ट्रंक तथा डेडिकेडेट लाइन महसुल विवाद समाधान गर्न आग्रह

ट्रंक तथा डेडिकेडेट लाइन महसुल विवाद समाधान गर्न आग्रह


इन्जिनियर्स नेपाल |  साउन ६, २०७८,


engineersnepal.com

नेपाल विद्युत् प्राधिकरणबाट लिदैं आइरहेको ट्रंक तथा डेडिकेडेट लाइनको महशुलमा देखिएको विवाद समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भेट गर्दै महासंघले प्राधिकरणबाट लिदै आइरहेको र विद्युत उपभोग गरे वापत प्रचलित कानुन बमोजिम लागेको र लाग्ने महसुल समेत तिर्दै आइरहेको बताएको छ ।

तर, छुट बिल/रकम भनी करोडौं/अर्बाैं रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू थप हतोत्साहित भएको भन्दै विद्युत महशुल विवाद समाधानमा आवश्यक पहल गर्न महासंघले मन्त्रीसँग आग्रह गरेको छ ।


ADVERTISEMENT

तत्कालिन विद्युत महसुल निर्धारण आयोगको १०३ औं बैठकले प्राधिकरणको डेडिकेडेट  फिडर लाइन मार्फत दैनिक निरन्तर विद्युत उपभोग गर्ने उपभोक्ताको हकमा लागु हुने महसुल दर २०७२ पौष २९ पश्चात दैनिक निरन्तर २४ घण्टा विद्युत उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागु हुने भनि निर्णय गरेको छ । 

डेडिकेडेट फिडर लाइनमार्फत दैनिक निरन्तर २४ घण्टा र टं«क लाइनका औद्योगिक ग्राहकको यकिन गरेर सो उपभोग गर्ने उपभोक्ताको हकमा मात्र विशेष दर लगाई विजक जारी गर्न वा छुट रकम असुल गर्न न्यायिक हुने पनि जनाइएको छ ।

यसैगरी लोडसेडिङ अन्त्य भएपश्चातको विद्युत खपतको हकमा उल्लेखित दरमा महसुल असुल नगर्न नगराउन नेपाल विद्युत प्राधिकरणको नाममा आवश्यक निर्देशन दिन पनि माग गरिएको छ ।
सो अवसरमा मन्त्री भुसालले ट्रंक तथा डेडिकेटेड विद्युत महशुल विवादमा कानुनी÷विधि, प्रक्रिया समेत बुझेर निर्णय लिने बताइन् । ऊर्जा खपत गर्ने उद्योगलाई कम महशुल लाग्ने व्यवस्था हुनुपर्ने भन्दै उनले यस विषयमा अध्ययन अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।



Your Comments