आइओइ एमएससीको प्रवेश परीक्षा दशैंयता गर्ने तयारी

आइओइ एमएससीको प्रवेश परीक्षा दशैंयता गर्ने तयारी

बीइको १२ कक्षाको परिक्षासँगै निश्चित हुने


इन्जिनियर्स नेपाल |  साउन ४, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)ले यो वर्षमो एमएससीको प्रवेश परिक्षा दशैंयता गर्ने तयारी गरेको छ । आइओइका सहायक डिन तथा परिक्षा प्रमुख ज्ञानबहादुर थापाले स्नातकोत्तर (मास्टर)को प्रवेश परिक्षाको तयारी गरिएको बताए । 

उनले बीइको आठौं सेमेस्टरको परिक्षा नतिजा निकाल्ने तयारी अन्तीम चरणमा रहेको र त्यस लगत्तै स्नातकोत्तरको प्रवेश परिक्षा लिने बताए । उनका अनुसार मास्टरको प्रवेश परिक्षा दशैं अघि नै गरिने तयारी भएको छ । 


ADVERTISEMENT

यसैगरी बीइतर्फको प्रवेश परिक्षा भने कक्षा १२ अर्थात् +२ को अन्तीम परिक्षा हुने निश्चित भएपछि तयारी गरिने उनको भनाइ छ । १२ कक्षाको परिक्षा दशैं अघि हुने देखिएको भन्दै उनले बीइको प्रवेश परिक्षा दशैंपछि गरिने जनाए । 

गत वर्ष पनि बीइको प्रवेश परिक्षा माघ महिनामा गरिएको थियो । यसैगरी कोरोना भाइरस संक्रमण कम भएको र लकडाउन पनि हुने सम्भावना नदेखिएको भन्दै आइओइले भौतिक दुरी कायम गरेर नै प्रवेश परिक्षाहरु सञ्चालन गर्ने तयारी गरेको छ । 

गत वर्ष गर्दा पनि भौतिक दुरीमै गरिएको थियो भने अहिले पनि नियमित जाँच पनि यसरी नै गरिएको र प्रवेश परिक्षा पनि यसरी नै गर्ने तयारी आइओइको रहेको उनले बताए । अहिले अध्ययन अध्यापन भने अनलाइन माध्यमबाट भइरहेका छन् ।



Your Comments