प्राविधिक समस्या देखिएपछि माथिल्लो तामाकोसी विद्युत उत्पादन बन्द

प्राविधिक समस्या देखिएपछि माथिल्लो तामाकोसी विद्युत उत्पादन बन्द


इन्जिनियर्स नेपाल |  साउन ४, २०७८,


engineersnepal.com

माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । परीक्षणविनै हतारमा उद्घाटनगर्दा विद्युत उत्पादनमा समस्या देखिएको छ। 

४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए । 
 
उद्घाटन गर्दा पहिलो युनिटबाट करिब १० मिनेटजति ८ मेगावाट विद्युत् उत्पादन भएको थियो। उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले प्राविधिक समस्या देखिएको आयोजनाका इन्जिनियरले बताएका छन्। 


ADVERTISEMENT

आयोजनाका अनुसार पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको हो। अहिले त्यसको मर्मतको काम भैरहेको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले साउन १५ बाट मात्र आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएकाले अहिले परीक्षणका क्रममा सामान्य प्राविधिक समस्या आएको बताए। 
 
उनले साउन १५ भित्र आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने जानकारी दिए ।



Your Comments