इन्जिनियर्स दिवस: कोभिडविरुद्धको खोप र मृतक परिवारलाई सहयोग गर्न सरकारसँग माग

इन्जिनियर्स दिवस: कोभिडविरुद्धको खोप र मृतक परिवारलाई सहयोग गर्न सरकारसँग माग


इन्जिनियर्स नेपाल |  साउन ३, २०७८,


engineersnepal.com

कोरोना भाइरसको जटिलताका विच पनि निर्माण क्षेत्रमा फ्रन्टलाइनर भएर काम गर्नुपर्ने इन्जिनियरहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन नेपाल इन्जिनियर्स नेपाल (नेइए)ले माग गरेको छ । 

आइतवार आज इन्जिनियर्स दिवसको अवसरमा नेइएका अध्यक्ष त्रिरत्न बज्राचार्यले इन्जिनियर्सहरुलाई उच्च प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गर्दै उर्जामन्त्री पम्फा भूसाललाई निवेदन दिएका छन् । 


ADVERTISEMENT

दुरदराजमा काम गर्ने इन्जिनियरहरु जोखिममा रहेको भन्दै उनले कोभिडबाट मृत्यु भएका इन्जिनियरहरुको परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

इन्जिनियर्सहरुको न्युनतम पारिश्रमिक, सामाजिक सुरक्षा, दुर्घटना बीमाका विषयमा सरकारले तत्काल नीतिगत व्यवस्था गर्नुपर्ने पनि नेइएले माग गरेको छ । 
‘समृद्ध नेपाल निर्माणका लागि सुरक्षित इन्जिनियरिङ पेशा’ नाराका साथ आज ७ वटै प्रदेशमा नेइएले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।



Your Comments