दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि अनुमति

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि अनुमति


इन्जिनियर्स नेपाल |  साउन ३, २०७८,


engineersnepal.com

सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि डीपीआर र  ईआईए  तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति दिएको छ ।

वन तथा वातावरण मन्त्रालयले दोधारा चाँदनीमा निर्माण गरिने सुक्खा बन्दरगाहको ‘डीपीआर’ र ‘ईआईए’ गर्न  नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति दिएको हो। 


ADVERTISEMENT

नेपाल इन्टरमोडल यातायात विकास समितिले यसअघि सो बन्दरगाह निर्माणका लागि गुरुयोजना, सम्भाव्यता अध्ययन, जग्गा यकिनको काम सम्पन्न गरिसकेको छ। 

बन्दरगाह निर्माणका लागि २८० बिघा जग्गा यकिन भइसकेको छ । मुख्य सडकबाट सो बन्दरगाहसम्मको पहुँचका लागि अहिले ६.२ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।

बन्दरगाहको निर्माण दुई चरणमा गरिने छ। पहिलो चरणमा रेलवे लिकबाहेकको सम्पूर्ण पूर्वाधार बन्ने छन्। जसको लागत करिब ७ अर्व रुपैयाँ रहेको छ। 

दोस्रो चरणमा रेलवे पहुँचसँग सम्बन्धित सम्पूर्ण कामगर्दा  कुल लागत १२ अर्ब ३७ करोड रुपियाँ अनुमान गरिएको छ ।



Your Comments