भौतिक मन्त्रालयले इन्जिनियर दृष्टी काफ्लेलाई सेवाबाट हटायो

भौतिक मन्त्रालयले इन्जिनियर दृष्टी काफ्लेलाई सेवाबाट हटायो


इन्जिनियर्स नेपाल |  साउन २, २०७८,


engineersnepal.com

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमा कार्यरत इन्जिनियर दृष्टी काफ्लेलाई सेवाबाट हटाएको छ ।
उक्त जिल्लामा कार्यरत प्राविधिकतर्फको नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह रा.प.तृतीय श्रेणी इन्जिनियर काफ्लेलाई सचिव स्तरको निर्णयबाट सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । 


उनलाई निजामती सेवा ऐन २०४९ को दफा ६१ (१)छ को कसूरअनुसार कारबाही गरिएको जनाइएको छ । उक्त दफामा बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सक्ने व्यवस्था छ । 
सोही ऐनको ५९ दफा (ख) १ अनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था भएअनुसार मन्त्रालयले काफ्लेलाई सेवाबाट हटाएको छ ।


ADVERTISEMENT



Your Comments