शुल्क मिनाह गर्न आइओईसम्बद्ध विद्यार्थी संगठनहरुको माग

शुल्क मिनाह गर्न आइओईसम्बद्ध विद्यार्थी संगठनहरुको माग


इन्जिनियर्स नेपाल |  असार ३१, २०७८,


engineersnepal.com

त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)सम्वद्ध विद्यार्थी संगठनहरुले शुल्क मिनाह गर्न माग गरेका छन् । कोरोना भाइरस (कोडिभ–१९)का कारण अनलाइन अध्यापनमा भौतिक पूर्वाधारहरु कुनै पनि प्रयोगमा नआएको भन्दै त्यसवापत लाग्ने सबैखाले शुल्कहरु मिनाह गर्न अनेरास्ववियुसम्बद्ध १२ संगठनले माग गरेका हुन् । 


विहिवार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले योसहित विभिन्न १३ बुँदे माग राखेका छन् । जोर विजोर परिक्षाको उचित व्यवस्थापन, नियमित ३ वर्षमा ५० प्रतिशत भन्दा कम विद्यार्थी संस्था भर्ना हुने संकाय र कम्तीमा ३ जनासम्म विद्यार्थी पास हुन नसक्ने संकायलाई अनुगमन गरी कालोसुचीमा राख्ने र सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाउन लगायतका मागहरु राखेका छन् । 


ADVERTISEMENT


उनीहरुले उल्लेखीत मागहरु पुरा गर्न गम्भिर र जिम्मेवार भइ छलफल गरी निर्णय समेत गर्न आइओइलाई आग्रह गरेका छन् । मागहरु पुरा नभए जुनसुकै कदम चाल्न बाध्य हुने पनि चेतावनी विद्यार्थी युनियनहरुले दिएका छन् ।     

 



Your Comments