पुनर्निर्माणमा कार्यरत प्राविधिकको करार कात्तिकसम्म थप्ने, भत्ताका लागि रु. ८ करोड निकासी
पुनर्निर्माणमा कार्यरत प्राविधिकको करार कात्तिकसम्म थप्ने, भत्ताका लागि रु. ८ करोड निकासी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत कार्यरत प्राविधिक तथा इन्जिनियरहरुको करार अवधि कात्तिकसम्म थप्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी समितिका सदस्य हरिराम पराजुलीले पुननिर्माणमा अहिले पनि काम गर्दै आएका प्राविधिकहरुको कात्तिकसम्म करार अवधि थप्ने निर्णय भएको बताए ।
यसैगरी उनले इन्जिनियर तथा प्राविधिकहरुको भत्ता तथा सुविधाका लागि ८ करोड रुपैयाँ निकासी भएको पनि बताए । नयाँ सरकार आएसँगै नियुक्त भएका अर्थमन्त्री जनार्दन शर्मा यस विषयमा सकरात्मक भएपछि करार थप र भत्ता निकासी भएको पाइएको छ ।
यसैगरी प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले बुधवार नै भत्ता निकासी भएको र करार पनि थपिने निर्णयले आन्दोलनले सफलता पाएको बताए ।
उनले प्राधिकरणअन्तर्गतको सीएलपीएलयु भवन अन्तर्गतका सम्पूर्ण प्राविधिकहरुको म्याद कात्तिकमसान्तसम्म कायम राख्न पनि सम्बन्धीत निकायलाई आग्रह गरे । उनीहरुले विभिन्न माग राख्दै असार १० गते आन्दोलन गरेका थिए ।
Narayan Kumar Saru Magar
July 15, 2021, 6:42 a.m.khai ta jati myad thapiya ni yo prabalikaran pareko haru ko first kista 2075 -8-11 ma diya paxi second r third kista ahile samma kehi atto patto xen.... ab naya sarakar aayapaxi milx ki vanne aasa x ab herum..
Madhu Tkhatri
July 14, 2021, 7:23 p.m.पुनः निर्माण मातहत स्थानीय निकाय मा रहेको घुम्ती डकर्मि र सामाजिक परिचालक को त,