४५६ मेवाको माथिल्लो तामाकोशी उद्घाटन, ७६ मेवा राष्ट्रिय ग्रिडमा

४५६ मेवाको माथिल्लो तामाकोशी उद्घाटन, ७६ मेवा राष्ट्रिय ग्रिडमा


इन्जिनियर्स नेपाल |  असार २१, २०७८,


engineersnepal.com

 बहुप्रतिक्षित ४५६ मेगावाट (मेवा)को माथिल्लो तामाकोशी जनविद्युत् आयोजनाको सोमवार उद्घाटन गरिएको छ । योसँगै राष्ट्रिय ग्रिडमा भने ७६ मेवा विद्युत् जोडिएको छ । 

सोमवार प्रधानमन्त्री केपी शर्मा ओली यो आयोजनाको उद्घाटन बालुवाटरबाट स्वीच थिचेर गरेका हुन् । योसँगै लामो समयदेखि पर्खिएको स्वदेशी लगानीको जलविद्युत् आयोजनाबाट औपचारिक रुपमा विद्युत् उत्पादन भएको हो । 


ADVERTISEMENT

आयोजनामा रहेका ६ वटा युनिट टर्वाइनमध्ये ७६ मेवाको पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गरिएको हो । जलविद्युत् आयोजनाको उद्घाटन गर्दै ओलीले लोडसेडिङ अन्त्य र आयातित विद्युत् प्रतिस्थापनमा यो आयोजनाले सघाउने बताए ।

यसैगरी उक्त आयोजना सम्पन्न हुनुलाई ऐतिहासिक भनिएको छ । २०७२ मा सम्पन्न गर्ने गरी आयोजनाको काम शुरु भए पनि विभिन्न कारणले उक्त म्याद धकेलिदैं २०७८ सम्म आइपुगेको छ । म्याद थपको ६ वर्षपछि आयोजनाबाट विद्युत् उत्पादन भएको छ ।

आर्थिक वर्ष २०६७/६८ देखि आयोजना निर्माण सुरु गरिएको हो । तर, भूकम्पलगायत विभिन्न कारण आयोजना समयमै बन्न सकेन भने लागत पनि झण्डै दोब्बर बढेको छ । 



Your Comments