बाढीपहिरोबाट क्षति भएका सडक–पुलको छानविन गर्न कार्यदल गठन

बाढीपहिरोबाट क्षति भएका सडक–पुलको छानविन गर्न कार्यदल गठन

१ महिनाभित्र पुलहरुको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन


इन्जिनियर्स नेपाल |  असार २१, २०७८,


engineersnepal.com

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा निर्माण सम्पन्न भइसकेका र निर्माणाधिन पुलहरु भत्किएपछि त्यसको छानविन तथा अध्ययन गर्न कायादल गठन गरेको छ ।

सडकपुलहरुको क्षतिको कारण र विश्लेषणसहित छानविन गर्न सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा मन्त्रालयले ७ सदस्यीय कार्यदल मन्त्रालयले गठन गरेको छ ।


ADVERTISEMENT

उक्त कार्यदलले साउन ७ गतेभित्र सिफारिस पेश गर्ने र विभागस्तरबाट १ महिनाभित्र प्रत्येक क्षतिग्रस्त पुलहरुको विवरणसहितको प्रतिवेदन पेश गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त कार्यदलले आगामी दिनहरुमा यस्ता क्षति न्युनिकरण गर्न अपनाउनु पर्ने उपायहरुबारे अध्ययन तथा सुझाव पनि दिनेछ । यसैगरी कार्यदलले क्षतिग्रस्त पुलहरु पुनः निर्माण गर्न अपनाउनुपर्ने सावधानी, अब निर्माण गर्नुपर्ने पुलहरुमा अपनाउने जगको प्रकार, सुपरस्ट्रक्चरको प्रकारका विषयमा पनि अध्ययन गर्नेछ ।

पुल निर्माणमा विगतमा राम्रो कार्य सम्पादन भएका निर्माण व्यवसायीहरुले मात्रै टेण्डर प्रक्रियामा समावेश हुन पाउने सम्बन्धमा बोलपत्र पुस्तीकामा राख्नुपर्ने, पुल निर्माणको म्यानुअल, सुपरिवेक्षणका लागि विभागिय प्राविधिक जनशक्तिको पर्याप्तताको विषयमा पनि कार्यदलले काम गर्नेछ । 

केही दिनअघि उद्घाटन हुनै बाँकी रहेको हुलाकी राजमार्गको कमला पुल भासिएको थियो भने सिरहाको फुलजोर पुल पनि बाढीका कारण भासिएको थियो । देशका अन्य स्थानका पुलहरु पनि भासिएका तथा बाढीका कारण बगेका छन् ।



Your Comments