नगर विकास कोषको कार्यकारी निर्देशक पदमा इन्जिनियर सापकोटा नियुक्त

नगर विकास कोषको कार्यकारी निर्देशक पदमा इन्जिनियर सापकोटा नियुक्त


इन्जिनियर्स नेपाल |  साउन १३, २०७७, काठमाडौं


#
engineersnepal.com

#

शहरी बिकास मन्त्रालयले नगर विकास कोषको कार्यकारी निर्देशक पदमा इन्जिनियर कृष्ण प्रसाद सापकोटालाई नियुक्त गरेको छ ।

मन्त्रालय अन्तर्गतको पदाधिकारी छनोट समितिले व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा इन्जिनियर सापकोटालाई कार्यकारी निर्देशकको पदका लागि असार २६ गते सिफारिस गरेको थियो । कोषको कार्यकारी निर्देशक पदको लागि खुला प्रतियोगिता मार्फत बिभिन्न क्षेत्रका १२ जना ले प्रतिस्पर्धा गरेका थिए । 


ADVERTISEMENT

कोषको निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यायलबाट अर्थशास्त्र, व्यवस्थापन, चार्टर एकाउन्टेन्सी वा इन्जिनियरिङ विषयहरुमध्य कुनै एक विषयमा स्नाकोत्तर उपाधि हासिल गरि सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने आवश्यक योग्यता तोकिएको थियो ।

स्काफका उपाध्यक्ष समेत रहेका इन्जिनियर सापकोटा नेकपा निकट इन्जिनियरिङ संगठन पिनका सचिवालय सदस्य हुन् ।

कोषले नेपाल सरकार, विश्व बैङ्क, एशियाली विकास बैङ्क, जर्मन विकाश बैङ्क, जीआईजेड, यूएनसीडीएफ इयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तिय तथा प्राविधिक स्रोतबाट वित्तीय तथा प्राविधिक सहयोग परिचालन गर्दै आएको छ ।



Your Comments