इन्जिनियर गोइतको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पिनको माग (ज्ञापनपत्र सहित)

इन्जिनियर गोइतको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पिनको माग (ज्ञापनपत्र सहित)


इन्जिनियर्स नेपाल |  साउन ४, २०७७, काठमाडौं


#
engineersnepal.com

#

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन) दुई नम्बर प्रदेश समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणका क्रममा दुर्घटनामा परी दिवंगत इन्जिनियर सतिश गोइतको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गर्दै खानेपानी मन्त्री बिना मगर समक्ष ज्ञापनपत्र बुझाएको छ ।

आइतबार मन्त्री मगरलाई बुझाइएको ज्ञापनपत्रमा सुरुङ परिक्षणका क्रममा दुर्घटनामा परी दिवंगत भएका धनुषा जिल्ला कमला नगरपालिका  वडा नं ५ बस्ने  इन्जिनियर सतिश गोइतको परिवारलाई तत्काल उचित क्षतिपुर्ति उपलब्ध माग गरिएको छ । 


ADVERTISEMENT

ज्ञापन पत्रमा दुर्घटना स्थलमा ईन्जिनियर गोइतको स्मृति स्थल निर्माण गर्नु पर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री मगरले आवश्यक छानबिन गरि मन्त्रालयले उचित निर्णय लिने र पीडित परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको पिन प्रदेश नम्बर दुईका अध्यक्ष इन्जिनियर सागर कुमार चौधरीले बताए ।

पिन दुई नम्बर प्रदेश समितिले बुझाएको ज्ञापन पत्र

 



Your Comments