सिन्धुपाल्चोक बाढी : इन्जिनियर के.सी. सहित २१ बेपत्ता

सिन्धुपाल्चोक बाढी : इन्जिनियर के.सी. सहित २१ बेपत्ता


इन्जिनियर्स नेपाल |  असार २५, २०७७, काठमाडौं


#
engineersnepal.com

#

सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तर्गत Emergency House Reconstruction Project(EHRP-JICA) सिन्धुपाल्चोकमा कार्यरत इन्जिनियर आकाश के.सि.सहित २१ जना सम्पर्क विहिन भएका छन् ।


ADVERTISEMENT

बुधबार राति सिन्धुपाल्चोक बाह्रबिसे जम्बु बजार स्थित ठाडो सिगर्चे खोलामा आएको बाडी संगै गएको पहिरोमा इन्जिनियर के.सि. सहित करिब २१ जना व्यक्तिहरु सम्पर्क विहिन भएका हुन् ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ ।

अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत बन्द भएको छ ।

यता नेपाल इन्जिनियर्स एशोसिएसन र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले  इन्जिनियर के.सि. सहित सम्पर्क विहिन भएकाहरुको  तुरुन्त खोजि तथा उद्दार कार्य गरि घाइतेको जीवन रक्षा गर्न  अपील गरेका छन् ।



Your Comments