मध्यपहाडी राजमार्गः १२९ पुल मध्ये ८६ निर्माण सम्पन्न

मध्यपहाडी राजमार्गः १२९ पुल मध्ये ८६ निर्माण सम्पन्न


इन्जिनियर्स नेपाल |  असार १६, २०७८,


engineersnepal.com

राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ ।

डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेका छन्।

निर्देशनालयका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।

चालु आवमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ ।  हाल निर्माणाधीन २२ पुलमध्ये  ७ वटा सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति भएको छैन।

मध्यपहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्गपछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग छ ।



Your Comments