कोभिड-१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्बजनिक

कोभिड-१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्बजनिक


इन्जिनियर्स नेपाल |  असार ७, २०७७, काठमाडौं


#
engineersnepal.com

नेपाल ईन्जिनियर्स एसोसियनले आयोजना गरेको एक कार्यक्रम मार्फत आईतबार कोभिड-१९ (COVID-19) को ब्यक्तिगत तथा स्थानिय जोखिम मुल्यांकन गर्न सकिने बिधि (कोभिरा) (COVID Risk Assessment- COVIRA) सार्बजनिक गरिएको छ।

बिभिन्न बिषयबिज्ञहरुको सहभागितामा साईन्स हब नेपालले निर्माण गरेको यो बिधि प्रयोग गर्न (www.covira.info) वेबसाइटमा जानुपर्नेछ। जसमा आफ्नो तथा आफ्ना परिवारको ब्यक्तिगत मुल्यांकन गर्न सकिन्छ भने नेपाल भित्रका जुनसुकै ठाउँको स्थानिय जोखिम पनि हेर्न सकिन्छ।


ADVERTISEMENT

नेपाल ईन्जिनियर्स एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले एप्लिकेसन सार्वजनिक गरे संगै उद्घाटन भएको कार्यक्रममा एसोसियसनका महासचिब छविराज पोख्रेलले यस्तो अनुसन्धानमुलक बिधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम ब्यबस्थापनमा धेरै सहयोग पुग्ने बताए ।

बेलायतको हडर्स्फिल्ड बिश्वबिध्यालयका प्राध्यापक पदम सिंखडाले यस किसिमको जोखिम मुल्यांकन बिधिले सरकार, समुदाय तथा ब्यक्ति स्वयंलाई धेरै उपयोगी हुनका  साथैयस्तो खालको बिधि हालसम्म अन्य देशहरुमा समेत नआईसकेको अबस्थामा हामीले नेपालको सन्दर्भमा बनाएको यो बहुउपयोगी बिधीलाई अन्तर्राष्ट्रिय रुपमा समेत लैजान सकिने बताए। मुलुकमा यस्तै खालका देखिने केहि टुलहरु सार्बजनिक भएको भएतापनि अनुसन्धानमा आधारित, बैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्यांक विश्लेषण गरि क्षेत्रीय तथा स्थानीय अवस्था समेतलाइ समेटेर बहु आयामिक बैज्ञानिक तथा बिशेषज्ञहरु मिलि बनाईएको यो नै  प्रथम एप्लिकेशन भएको दाबी गरिएको छ |

बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा. ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्ने बारे प्रस्तुति दिएका थिए। यस विधिले कोभिड लागीहालेमा पनि उमेर, लिंग, दिर्घरोगको अबस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य बिबिध दैनिक कार्यहरुको आधारमा आफुलाई कोभिड सर्नसक्ने जोखिम कति छ भन्ने बारे आंकलन गर्नेछ।

यसमा समेटिएका बिबिध पक्षहरुका बारे डा. समिरमणी दिक्षितले समेत प्रकाश पारेका थिए । साईन्स हबका डा भोगेन्द्र मिश्रले यसको प्रयोग के कसरी गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक प्रस्तुति गरेका थिए । साईन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला बिश्वबिध्यालयका डा. भोजराज घिमिरेले यसमा प्रयोग भएको  प्रविधि, डाटाको गोपनियता तथा सुरक्षा लगायत निकट भविष्यमा हुने परिमार्जन सम्बन्धि प्रकाश पा रे ।साईन्स हबले यसलाई थप ब्यबस्थित गर्दै लैजाने, स्थानिय तहका बिबिध तथ्यांकहरु समुदायस्तरबाटै समेत लिन सकिने तथा बहु भाषामा यो एप्लिकेशन निर्माण गर्ने समेत बताएको छ। यस बिधि तथा प्रविधि सम्बन्धि अनुसन्धानात्मक कृति सिघ्र अन्तरराष्ट्रिय जर्नलमा प्रकाशित हुने जानकारी गराइएको छ ।

कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने?

कोभिरा, हाल चलरहेको कोभिड-१९ महामारीको जोखिम मुल्यांकन गर्ने बिधि हो। यसमा कुनै पनि ब्यक्तिले आफ्ना बारेमा सोधिएका केहि प्रश्नहरुको उत्तर दिएर आफ्नो ब्यक्तिगत जोखिम मुल्यांकन गर्न सक्नेछ। यसका साथै आफु बसिरहेको क्षेत्रमा कोरोना सर्न सक्ने जोखिमको अबस्था के छ र आफुलाई सर्न सक्ने जोखिम कति छ भन्ने बारे पनि मुल्यांक गर्नेछ।

यो बिधि (www.covira.info) वेबसाइटमा उपलब्ध छ, जहाँ ‘Assess your risk’ लेखिएको बटन क्लिक गरि आफ्नो तथा परिवारजनको जोखिम मुल्यांकन गर्न सकिन्छ। यससंगै नेपालकाबिभिन्न ठाउँहरुमा बिबिध कारण हुनसक्ने जोखिम मुल्यांकन नक्साहरुपनि राखिएको छ। सामाजिक आर्थीक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ।

यसमा रहेको ‘Total Risk’ बटनमा क्लिक गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ। यसमा देखाइएका क्षेत्रगत जोखिमहरु संभव भएसम्म पालिका लेभलमा देखाईएका छन। कोभिड-१९ का केसहरुका बारेको दैनिक अपडेट पश्चात क्षेत्रगत जोखिमहरु परिवर्तन हुन्छन यसका लागी दैनिकरुपमा जोखिम नक्सा हेर्न सक्नुहुनेछ।

ब्यक्तिगत जोखिम मुल्यांकन बिधि चिन, ईटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६०,००० ब्यक्तिहरुको तथ्यांकलाई केलाएर बनाईएको हो। यसैगरी कोरोना सर्नसक्ने तथा यसको असर धेरै पर्नसक्ने बिबिध पाटोहरुको अध्ययन गरेर जोखिम नक्सांकन गरिएको छ। ब्यक्तिगत जोखिम ब्यक्तिको उमेर तथा दिर्घ रोगहरुमा आधारित हुन्छ भने सर्नसक्ने जोखीम, स्थानियस्तरमा कोरोना सर्ने जोखिम तथा ब्यक्तिको आफ्ना कृयाकलापहरुमा भर पर्छ।

कोरोना सर्नसक्ने जोखिम भने, देखिएका केसहरु, क्वारेन्टाईनमा रहेका ब्यक्तिहरु, जनस्वास्थ्यको अबस्था साथै सामाजिक आर्थिक स्तरका आधारमा मुल्यांकन गरिएको छ।

यसले जोखिमलाई ५ तहमा देखाउँछ, अति न्युन, न्युन, मध्यम, उच्च र अति उच्च। बिचमा रहेको सुईले जुन भागमा देखाउछ, त्यो नै जोखिमको स्तर हुनेछ। कुन अबस्थामा के गर्ने त भन्ने बारे सुझावहरु यसले जोखिम अबस्थाको नतिजा संगै देखाउँछ।

मानिसबाट मानिसमा सर्ने यो महमारीबाट सकेसम्म बच्न र संगै जनजीवनलाई तुलनात्मक रुपमा सहजरुपमा अगाडी बढाउनु पर्ने अहिलेको आबश्यकता हो। यस परिवर्तित अबस्थामा आफ्नो तथा परिवारजनको जोखिम स्तर तथा स्थानिय जोखिम स्तरबारे जानकारी राखी सकेसम्म सुरक्षित रहने उपायहरु अबलम्बन गरि दैनिक जिवनयापन सहज बनाउन सकिनेछ।

 



Your Comments