आन्दोलनरत इन्जिनियर र प्राधिकरणबिच सात बुँदे सहमति : आन्दोलन रोकियो, राजीनामा अस्वीकृत गरी काममा खटाइने

आन्दोलनरत इन्जिनियर र प्राधिकरणबिच सात बुँदे सहमति : आन्दोलन रोकियो, राजीनामा अस्वीकृत गरी काममा खटाइने

राजा साहको परिवारलाई बीमा रकम उपलब्ध गराइने


इन्जिनियर्स नेपाल |  असार १३, २०७८,


engineersnepal.com

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र आन्दोलनरत प्राधिकरणसम्वद्ध इन्जिनियर तथा प्राविधिकहरुबीच ७ बुँदे सहमति भएको छ । विभिन्न माग राखी शुक्रवारदेखि आन्दोलनमा उत्रिएका प्राविधिक र प्राधिकरणअन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (भवन)बीच आइतवार (आज) उक्त सहमति भएको हो ।

उनीहरुले १२ बजेट उक्त इकाइमा भेला भइ माइतिघर मण्डलामा कोणसभा गर्ने भन्दै आज आइतवार विहान नै कार्यक्रम सार्वजनिक गरेका थिए । प्राधिकरण र उनीहरुबीच भएको सम्झौताअनुसार अब कुनै पनि आन्दोलन नगर्ने, राजीनामा अस्वीकृत गरी कामकाजमा खटिने, पाउँदै आएको सेवा सुविधाहरु पनि उपलब्ध गराउनेलगायतका सहमति भएका छन् । 


ADVERTISEMENT

 



Your Comments