पूर्व सचिव इन्जिनियर उपाध्याय धरौटीमा रिहा

पूर्व सचिव इन्जिनियर उपाध्याय धरौटीमा रिहा


इन्जिनियर्स नेपाल |  बैशाख १५, २०७७, काठमाडौं


#
engineersnepal.com

नेपाल सरकारका पूर्व सचिव  इन्जिनियर भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । 

उपाध्यायको मुद्दामा थुनछेक बहस सकिएर जिल्ला न्यायाधीश भरतमणि खनालको इजलासलेले उनलाई पच्चीस हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।


ADVERTISEMENT

उपाध्यायको पक्षबाट दुई दर्जन बरिस्ठ कानुन व्यवसायीहरूले स्वयंसेबक रूपमा बहस गरेका थिए ।

सरकारी वकिलको कार्यालयले उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै आइतबार मुद्दा दर्ता गरेको थियो । सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उपाध्यायलाई वैशाख १० मा पक्राउ गरिएको थियो ।



Your Comments