पूर्वसचिव इन्जिनियर उपाध्यायविरुद्ध पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता

पूर्वसचिव इन्जिनियर उपाध्यायविरुद्ध पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता


इन्जिनियर्स नेपाल |  बैशाख १४, २०७७, काठमाडौं


#
engineersnepal.com

नेपाल सरकारका पूर्वसचिव इन्जिनियर भीम उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको साइवर ब्युरोले जनाएको छ । सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उपाध्यायलाई बुधवार पक्राउ गरिएको थियो ।


ADVERTISEMENT



Your Comments