भीम उपाध्यायलाई रिहा गर्न इन्जिनियर्स एशोसियसनको माग (बिज्ञप्ती सहित)

भीम उपाध्यायलाई रिहा गर्न इन्जिनियर्स एशोसियसनको माग (बिज्ञप्ती सहित)


इन्जिनियर्स नेपाल |  बैशाख ११, २०७७, काठमाडौं


#
engineersnepal.com

बुधबार पक्राउ परेका नेपाल सरकारका पूर्वसचिव ईन्जिनियर भीम उपाध्यायलाई बिनासर्त रिहा गर्न नेपाल इन्जिनियर्स एशोसियसनले माग गरेको छ ।

बिहिबार एक बिज्ञप्ती जारी गर्दै एशोसियसनले आफ्नो आजीवन सदस्य इन्जिनियर उपाध्याय पक्राउ परेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।


ADVERTISEMENT

लोकतान्त्रिक शासन पद्धतीको गहना भनेकै अभिब्यक्ति स्वतन्त्रता हो बिज्ञप्तीमा भनिएको छ - "कुनै कुरा ब्यक्त गर्दा मर्यादा भित्र रहेर निर्बाध रुपमा बोल्ने, अभिब्यक्ति स्वतन्त्रता सबै नागरिकले पाउनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।"

सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उपाध्याय बुधबार आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए ।

नेपाल इन्जिनियर्स एशोसियसनले सार्वजनिक गरेको बिज्ञप्ती



Your Comments