उपाध्यायको पक्राउबारे सामाजिक संजालमा बहस गर्दै इन्जिनियरहरु

उपाध्यायको पक्राउबारे सामाजिक संजालमा बहस गर्दै इन्जिनियरहरु


इन्जिनियर्स नेपाल |  बैशाख ११, २०७७, काठमाडौं


#
engineersnepal.com

नेपाल सरकारका पूर्वसचिव इन्जिनियर भीम उपाध्याय पक्राउ परेपछि पक्ष र बिपक्षमा सामाजिक संजाल तातेको छ ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पक्राउ गरिएका उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय थिए। यहि बिषयलाई लिएर बिशेष गरि युवा इन्जिनियरहरु सामाजिक संजालमा बहसमा उत्रिएका छन् ।


ADVERTISEMENT

कतिपय इन्जिनियरहरुले पक्राउ गर्नु ठिक भनेका छन् भने कतिपयले सरकारले तत्काल रिहा गर्नु पर्ने र नेपाल इन्जिनियर्स एसोसियसनले उपाध्यायको बिषयमा बोल्नुपर्ने बताएका छन् ।

ई. मधुकर बस्नेत

भिम सर पक्राउ पर्नुको कारक: बिषालु सर्पहरुलाइ साथि सम्झेर वरिपरि राख्नु हो ।
उहाँले २-३ पटक फेसबुक ID परिवर्तन गरेपछि मैँले भिमसरलाइ अहिलेको ID मा Friend request नै पठायको थियिन र उहाँसँग Friend पनि छैन । पछिल्ला उहाँका केहि Facebook posts लाइ साथिहरुले Share गरिरहेको देखेको थियँ, केहि असभ्य जस्तो उहाँको Post हरु थिय नै । तर उहाँका फेसबुक Post हरु मुकुन्दे, गुरु भट्टराइ, दिल निसानि मगर जस्ता घटिया तहका कहिल्यै भयनन् । तरपनि किन भिम सर पक्राउ पर्नु भो?
यो सन्दर्भमा मेरो बुझाइ भिम सरको भन्दा अलिक फरक छ, र मैँले फेसबुकमा साथि बन्नेहरुसँग यस्ता नियम अँगालेको छु:
१) फेसबुकमा सबैलाइ साथि बनाउनु हुन्न। कोहि म सँग साथि बन्नुपर्ने कुनै कारण हुनैपर्छ । नत्र गुप्तचर जसरि लुक्ने मान्छेको नियत के हो?
२) फेसबुकमा राजनितिक कार्यकर्ता साथि बन्लान्, तर तिनमा यदि 'आस्था' छ र चेतना छैन भने त्यस्तालाइ हटाइहाल्नुपर्छ । ति खतरनाक साबित हुन्छन् । ति भेडा हुन्। जति सम्झायपनि तिनिहरु परिवर्तन हुन्नन् ।
तर सचेत कार्यकर्ता यो देशका रथका पाँग्रा हुन । तिनको सहयोग जिवनमा ठुलो हुनेछ ।
३) कसैले हाम्रो कमजोरिको आलोचना गर्न पाउँछन्, तर हाम्रो क्षमताको प्रशँसा गर्छ भने मात्रै। मैँले मेरो क्षमताको प्रशँसा नगरि मेरो आलोचना मात्रै गर्ने गरेको पायसि तुरुन्तै मेरो साथिको List बाट हटाइहाल्छु । किनकि, ति बिषालु सर्प हुन् । नजिक रहेमा कुनैपनि बेला ठुँगेर सक्याइदिन्छन् ।
अन्तमा मेरो सबै साथिहरुलाइ यो भनाइ राख्छु: मलाइ मेरा साथिहरुबाट बचाउ भगवान । दुश्मनसँग त म आफैँ लड्न सक्छु ।​

ई. पदम ओली

केहिले गालि गर्नु लाई पनि स्वतंत्रता भन्न सक्छन। तर छाडा रुपमा गालि गर्नु, अर्चर्ना पनेरुले खुल्ला रुपमा गर्ने छाडा क्रियाकलाप भन्दा फरक हुन्न। बाकी, मामाघर लागेको बाटै बुझ्नुहोस्।

 

ई. उमेश धिताल

के हुँदै छ । दुई तिहाई ज्ञानेन्द्र शाही र भिम उपाध्यायहरु सँग तर्सन थाल्या हाे ? हामीलाइ थाहा नभएका अरु बिषय छन् भने बेग्लै, तर उनका समाजिक सञ्जालका अभिव्यक्तिकै कारण हाे भने गलत हाे, तत्काल रिहा गरियाेस् ।

 

ई. रोशन मगर

भन्न त मलाई, " म पनि एउटा भीम उपाध्याय हुँ ।" भन्नु मन छ तर न मसँग वहाँ को जति ज्ञान छ, न त अनुभव र साहस नै ।
तर छौंडा सम्म त कसो नबनिएला ?

ई. कपिल रेग्मी जिज्ञासु

लेख्दा शब्द छनोट मा गल्ती भए होला / यदि स्वतन्त्र बोल्न लेख्न नपाउने भए लोकतन्त्र को अभ्यास कसरी हुन्छ । न्याय को तराजु बराबर हुनुपर्छ । तत्काल रिहा गरियोस !!

 

ई. चक्र भट्ट

The arrest of Ex. Secretary Er. Bhim Upadhyaya is the government's step against democracy. I strongly demand his immediate release. I heartily request Nepal Engineers Association to initiate the release of a Senior engineer.

ई.रामु पौडेल

पुर्ब सचिब इ. भिम सर ले प्रयोग गरेका शब्द भन्दा तल्लो स्थरको शब्द हरु त राजनीति नेतृत्वले सार्बजनिक भासणमा प्रयोग गरेको भिडियो हरु युटुबमा आज पनि छन । अब भन्नुस पक्राउ कताबाट सुरु गर्ने ?

ई. नारायण बडाल

दिनत सर नि अलि प्वाक प्वाकै दिनुहुन्छ, तैपनी Er. Bhim Upadhyaya लाई तुरुन्त रिहाइ गरियोस ! अन्य कुनै गम्भीर आरोपमै पक्राउ भएको भय कारण सार्बजनिक होस !



Your Comments