केयुलाई डा. अधिकारीको सुझाव: आन्तरिक परीक्षाको आधारमा अन्तिम ग्रेड दिदा सही मुल्यांकन हुँदैन

केयुलाई डा. अधिकारीको सुझाव: आन्तरिक परीक्षाको आधारमा अन्तिम ग्रेड दिदा सही मुल्यांकन हुँदैन


इन्जिनियर्स नेपाल |  बैशाख ७, २०७७, काठमाडौं


#
engineersnepal.com

काठमाण्डौं विश्वविद्यालयले हालसालै जारी गरेको सर्कुलरको बिषयलाई लिएर काठमाण्डौं विश्वविद्यालयका प्राध्यापक डा. बिकास अधिकारीले अन्योलको वातावरण सिर्जना  भएको टिप्पणी गरेका छन् । 

विश्वविद्यालयले सेमेस्टरको अन्तिम ग्रेडको परीक्षा नसकिए पनि उपल्लो सेमेस्टरको कक्षा संचालन गर्ने बारे केही दिन अघि सर्कुलर जारी गरेको थियो ।


ADVERTISEMENT

यो संगै विश्वविद्यालयले अन्तिम ग्रेडको नम्बर कुन मापदण्डको आधारमा दिने भन्ने स्पष्ट नगरेकाले प्राध्यापक र बिद्यार्थीहरुमा बहस चलेको छ ।

यस सन्धर्भमा विश्वविद्यालयले कुनै न कुनै हिसाबले बिद्यार्थीको उचित मुल्यांकन हुनु पर्ने भन्दै प्राध्यापक डा. बिकास अधिकारीले यस्तो टिप्पणी गरेका छन् ।

 

बाहिर बसेर बोल्न जति सजिलो छ, यो विषम परिस्थिति सबै क्षेत्रका नेतृत्व तहमा रहेर निर्णय गर्नुपर्नेहरुलाई चुनौतीपूर्ण नै रहेको छ । यस्तो परिस्थितिमा एक्लै निर्णय गर्नु मुर्खता र सुझाव लिएर अघि नै बढ्नु बुद्धिमता हुन्छ ।

यो बेलामा विश्वविद्यालयहरुले पठनपाठन कसरी अगाडि बढाउने? यसरी भनेर निष्कर्षमा पुग्नु अघि यसका विभिन्न आयामहरु केलाउन जरुरि छ । यो केलाउने जिम्मा विश्वविद्यालयका नेतृत्वहरुलाई नै जिम्मा दिन्छु । तर, सबैभन्दा पहिले अध्ययन-अध्यापन सकिएर परिक्षा मात्र बांकी रहेका केही स्कुलहरुमा के गर्ने? भन्ने विषय नै प्रमुख रहेको छ । काठमाण्डौ विश्वविद्यालयले हालसालै जारी गरेको सर्कुलरले झनै अन्योलको वातावरण सिर्जना गरेको देखिन्छ ।

मुलतः स्कुल अफ साइन्स र इन्जिनियरिङका विद्यार्थीहरु उनिहरुले आन्तरिक परिक्षामा पाएको अंक कै आधारमा अन्तिम ग्रेड पाइने हो कि भनेर अन्योलमा परेका छ्न । आन्तरिक परीक्षा कै आधारमा अन्तिम ग्रेड दिने काम गरियो भने यो अवस्थामा केही गर्न सकिएन, हामीले हात उठायौं भन्ने खबर बाहिर जान्छ । त्यसैले, हामीले थप मुल्यांकन केही न केही गर्नै पर्छ । जस्तै:

१) कुनै क्लासका सबैलाई एकै समयमा अनलाइन उपस्थित गराउन सके हाम्रो E-Learning वा अन्य कुनै माध्यमको साहाराले अनलाइन मार्फत खाली ठाउँ भर्ने, multiple choice वा छोटो उत्तर आउने प्रश्न सोधौं ।

२) नसके बेग्ला बेग्लै समयमा विषयगत शिर्षक दिएर १०-१५ मिनेटको प्रस्तुती अनलाइन मार्फत नै राखौं ।

३) अर्को बिकल्प टेलिफोन वा ईन्टरनेट मार्फत VIVA हुन सक्छ ।

४) अर्को, कुनै विषय दिएर त्यसमा रिसर्च गरेर रिपोर्ट तयार पार्न लगाई पुन: केही प्रशउत्तर गर्न सकिन्छ ।

५) ईन्टरनेटको पहुँच हुनेले अनलाइन मार्फत नै परीक्षा दिन्छ्न र नहुनेहरुको परिक्षा लकडाउन खुले पश्चात् लिने व्यवस्था मिलाऔं ।

६) वा अन्य केही भए सुझाउनु होला ।

स्कुल अफ साइन्स र इन्जिनियरिङ हाल विश्वविद्यालय अनुदान आयोगको QAA को प्रक्रियामा रहेका छ्न । पुर्वाधार, ल्याब, जनशक्ति संगै मुल्यांकन विधि पनि यो प्रक्रिया अन्तर्गत जाँच गरिन्छ । सुझाइएका विधिहरु अपनाए थप फाइदा पुग्न सक्छ ।

अन्त्यमा, कुनै एक विधि मार्फत जाँच दिएर (जस्तै: अनलाइन मार्फत MCQ) अन्तिम अंक चित्त नबुझे कुनै अर्को विधि (जस्तै: अनलाइन VIVA) बाट फेरि विद्यार्थीलाई मौका परीक्षा दिने चैं व्यवस्था मिलाऔं । यस्तो विषम परिस्थितिमा विद्यार्थीहरुलाई परीक्षा जस्तो कुरामा एउटा मात्र मौका दिनु त्यति व्यवाहारिक नहोला ।
हामीले दिएको सुझाव चाँडै अवलम्बन गरे पनि नेतृत्व सानो र हामी ठूलो हुने होइन । त्यसैले ढिला नगरौं ।

 

यस्तो छ काठमाण्डौं विश्वविद्यालयले शुक्रबार जारी गरेको सर्कुलर

 



Your Comments