सुदुरपश्चिममा पनि स्वाब संकलन गर्ने बुथ बनाइयो

सुदुरपश्चिममा पनि स्वाब संकलन गर्ने बुथ बनाइयो


इन्जिनियर्स नेपाल |  बैशाख ५, २०७७, काठमाडौं


#
engineersnepal.com

सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा मानिएकोे बेला स्वाब संकलन सुरक्षित बनाउन इन्जिनियरहरुले ३ वटा बुथ बनाएका छन् ।

इन्जिनियरहरु लब प्रसाद जोशी, बिनोद बहादुर पाल र हरिश बोहराको सहजिकरणमा सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा स्वाब संकलन गर्ने बुथ निर्माण गरिएको हो ।  


ADVERTISEMENT

सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन डा. किसन दत्त भट्ट लगायत विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरुको सहभागितामा बुथहरु बनाइएको  ई. हरिश बोहराले जानकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएको डिजाइन गाईडलाईनको आधारमा निर्माण गरिएको बुथको लागत प्रति बुथ ८० हजार रुपैयाँ रहेको छ । उक्त बुथ निर्माणमा शशक्तिकरणका क्षेत्रमा युवाहरु (YES NEPAL) साफेबगर, अछामको आर्थिक सहयोग रहेको थियो ।

कोभिड - १९ द्वारा संक्रमित रोगीको स्वाब नमूना संकलन गर्न यस्ता खालका बुथहरु सुरक्षित मानिएको छ ।

बुथमा ‘एक्जहस्ट फ्यान’, ‘रिमुभेवल ग्लोभ्ज’, ‘एअर टाईट सिस्टम’ र ‘नाईट लाईट’ लगायतको ब्यबस्था गरिएको छ ।  बुथहरु  कन्चनपुर, कैलालि र अछाम जिल्लामा पठाइने ई.बोहराले जानाकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्रको डिजाइन गाईडलाईनमा काठमाडौं उपत्यका बाहिर प्रदेश नम्बर १ को बिराटनगरमा,  प्रदेश नम्बर २ ले जनकपुरमा, बाग्मती प्रदेशको हेटौडामा यस्ता स्वाब नमूना संकलन गर्ने बुथहरु बनाइ सकिएको छ ।



Your Comments