कोरोना सङ्क्रमित पहिल्याउँदै टेलिकम, *१४१९# डायल गरेर जानकारी दिनुहोस्

कोरोना सङ्क्रमित पहिल्याउँदै टेलिकम, *१४१९# डायल गरेर जानकारी दिनुहोस्


इन्जिनियर्स नेपाल |  बैशाख ३, २०७७, काठमाडौं


#
engineersnepal.com

नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई कोरोना संक्रमणका जोखिम भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।

टेलिकमका अनुसार प्रयोगकर्ताले *१४१९# डायल गरेर त्यहाँ सोधिएको उत्तर दिनुपर्ने छ । टेलिकमले त्यहाँ क्रमैसंग प्रश्न सोध्ने व्यवस्था गरेको छ । ज्वरो आए नआएको, खोकी लागे नलागेकोजस्ता प्रश्न त्यसमा सोधिएको छ । 


ADVERTISEMENT

उत्तरमा दुईवटा विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन् । प्रयोगकर्ताबाट सम्प्रेसित उत्तरहरुको आधारमा टेलिकमले लक्षणको विश्लेषण गर्ने छ । 

टेलिकमले उत्तरको आधारमा रातो, पहेँलो अथवा हरियो क्षेत्रमा नम्बर विभाजन गरि छुट्याइएको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई उपलब्ध गराउने छ ।
 



Your Comments