अस्गर अलीलाई कारवाही गर्न सिडेनको माग, इन्जिनियरिङ आचारसंहिता उलंघन गरेको आरोप (बिज्ञप्ती सहित)

अस्गर अलीलाई कारवाही गर्न सिडेनको माग, इन्जिनियरिङ आचारसंहिता उलंघन गरेको आरोप (बिज्ञप्ती सहित)


इन्जिनियर्स नेपाल |  चैत २१, २०७६, काठमाडौं


#
engineersnepal.com

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको न्युज हटाउने सिरान टेक्नोलोजिजलाई कारबाहीको माग गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको संलग्नता रहेको सिरान टेक्नोलोजिजले न्युज पोर्टलको सिस्टमभित्र प्रवेश गरेर समाचार हटाएको र त्यो गम्भीर गल्ती भएको भन्दै माफी मागिसकेको छ । 


ADVERTISEMENT

माफी माग्दैमा छुट दिन नहुने भन्दै शुक्रबार सिडेनले विज्ञप्ती निकालेर सिरान टेक्नोलोजिजको गम्भीर गल्तीका बारेमा छानविन गरी हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको हो ।  

एफवान सफ्ट घटनाको आरेपी सिरान टेक्नोलोजिको भगिनि संस्था भएको र घटनामा संलग्न आरोपित एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र एफवान सफ्टका निर्देशक अस्गर  अली इन्जिनियर हुन् भन्ने जानकारी प्राप्त भएको भन्दै सिडेनले इन्जिनियरले पालना गर्नुपर्ने व्यावसायिक आचारसंहिता उलंघन गरेको विज्ञप्तीमा उल्लेख छ । 

आचारसंहिता उलंघन गरेको पुष्टी भए अलीलाई हदैसम्मको कारबाही गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ । 

आरोपित संस्था संलग्न मोबाइल एपहरु, इसेवा प्रयोगकर्ताहरु र सम्बन्धित बैंकहरुको समेत सुरक्षा गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ती



Your Comments