२ लाख घुससहित इन्जिनियर पक्राउ

२ लाख घुससहित इन्जिनियर पक्राउ


इन्जिनियर्स नेपाल |  फागुन ८, २०७६, वैतडी


#
engineersnepal.com

#

जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्ट २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 


ADVERTISEMENT

इन्जिनियर भट्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

चमेलिया नदी नियन्त्रण तथा तटवन्धन आयोजना उपभोक्ता समितिसँग लिएको १ लाख रुपैयाँ र स्रोत नखुलेको १ लाख गरी  २ लाख रुपैयाँसहित भट्टलाई अख्तियारले पक्राउ गरेको थियो ।  



Your Comments