मेलम्ची नआउँदासम्म पानी कम वितरण हुने, कतै ७ दिन त कतै १२ दिन विराएर पानी वितरण !

मेलम्ची नआउँदासम्म पानी कम वितरण हुने, कतै ७ दिन त कतै १२ दिन विराएर पानी वितरण !


इन्जिनियर्स नेपाल |  जेठ ३१, २०७८,


engineersnepal.com


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ७ दिन विराएर र त कतै १२ दिनपछि मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानी वितरण गर्ने  कार्यतालीका सार्वजनिक गरेको छ । 

भोली असार १ गतेबाट मेलम्चीको पानी काठमाडौं उपत्यकामा नआउने भएपछि केयुकेएलले काठमाडौं र भक्तपुरका २ गरी २२ स्थानमा ७ दिन विराएर पानी वितरण गर्ने क्षेत्र तथा स्थानहरु तोकेको छ । 


ADVERTISEMENT

सबैभन्दा धेरै अर्थात् १२ दिन झण्डै २ हप्तामा ललितपुर, सैंबु, सानेपा, कुपण्डोल, मंगलवजार क्षेत्रमा पानी वितरण गर्ने कार्यतालीका केयुकेएलले तोकेको छ । 
बालाजु क्षेत्रमा ९ दिन विराएर, किर्तिपुरमा २ दिन बाँसबारी क्षेत्रमा ५ दिन विराएर पानी वितरण हुने कम्पनीले जनाएको छ । 

पानीको उपलब्धताअनुसार यो तालीका परिवर्तन हुने पनि केयुकेएलले जनाएको छ । असार एक गतेदेखि मेलम्चीको सुरुङ खाली गरी निरिक्षण तथा परिक्षणको काम शुरु हुने भएको र त्यसपछि पनि केही कार्यहरु गर्नुपर्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले २ महिनासम्म मेलम्चीको पानी उपत्यकामा वितरण नहुने जनाइसकेको छ । 

चैत २१ गतेदेखि काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । अब यो पानी आउन बन्द हुुने भएपछि केयुकेएलले पुरानै संरचना र स्रोतबाट उपत्यकामा पानी वितरण गर्नेछ ।



Your Comments