काठमाडौंमा आर्किटेक्टहरुको राष्ट्रिय सम्मेलन हुँदै, यस्ता छन् कार्यक्रम

काठमाडौंमा आर्किटेक्टहरुको राष्ट्रिय सम्मेलन हुँदै, यस्ता छन् कार्यक्रम


इन्जिनियर्स नेपाल |  मंसिर १६, २०७६, काठमाडौं


engineersnepal.com

डिसेम्बर २० र २१ मा काठमाडौंमा आर्किटेक्टहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना) को आयोजनामा हुन लागेको सम्मेलनमा पाटन दरबार क्षेत्र र ठमेलको छाया सेन्टरमा विभिन्न प्रदर्शनीहरु समेत गरिने छ ।

कलात्मक दृश्यहरु झल्किने फोटोग्राफी, भौगोलिक संरचना तथा इन्जिनियर एवं आर्किटेक्टबाट डिजाइन गरिएका प्रोजेक्टहरुको डिजाइन प्रदर्शनी गरिने सोनाले जनाएको छ ।

‘Architectural Responses to Tourism in Nepal’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त सम्मेलनले पर्यटन प्रवद्र्धनमा आर्किटेक्चर क्षेत्रले खेल्न सक्ने भूमिकाबारे पर्यटन व्यवसायी एवं राज्य मातहतका व्यक्तिसँग प्यानल डिस्कसनसमेत गर्नेछ । 

सम्मेलनमा आर्किटेक्ट, शहरी योजनाविद्, नेपाल सरकार मातहतका मन्त्रालयका मन्त्री एवं सचिव, इन्जिनियर, निर्माण व्यवसायी, परामर्शदाता कम्पनीका प्रतिनिधि, निर्माण सामाग्री उत्पादक तथा सप्लायर्स, पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रका विज्ञको सहभागीता रहनेछ ।

सम्मेलनमा भाग लिन चाहने आर्किटेक्टका लागि बुकिङ खुल्ला गरिएको छ । जसअन्तर्गत व्यवसायिक आर्किटेक्टका लागि पाँच हजार, आकिटेक्टमा मास्टर्स गरिरहेका विद्यार्थीका लागि तीन हजार, ब्याचलर गरिरहेका विद्यार्थीका लागि दुई हजार र आर्किटेक्टभन्दा बाहिरी फिल्डका ब्यक्तिका लागि १० हजार शुल्क तोकिएको छ ।

सम्मेलनमा नयाँ शहरको परिकल्पना, विभिन्न योजनाको सम्भाव्यताबारे छलफल, आगामी दिनमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्व र आवश्यकता लगायतका विषयहरु समेटेर विज्ञहरुले आ–आफ्ना कार्यपत्र प्रस्तुत हुनेछ । 



Your Comments