३० प्राविधिकको दरबन्दी खुलाउने तयारीमा ललितपुर महानगर

३० प्राविधिकको दरबन्दी खुलाउने तयारीमा ललितपुर महानगर


इन्जिनियर्स नेपाल |  मंसिर १५, २०७६, ललितपुर


engineersnepal.com

ललितपुर महानगरपालिकाले झन्डै ३० जना प्राविधिक जनशक्तिको दरबन्दी खुलाउने तयारी गरेको छ । विगत ६ महिनादेखि महानगरमा प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणको काम प्रभावित हुँदै आएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले भने, ‘प्राविधिक जनशक्तिको अभावका कारण योजना कार्यान्वयनमा ढिलाई हुँदै आएको थियो । अब हामी दुई–तीन दिनमा प्राविधिकको दरबन्दी आवश्यकबारे सूचना निकाल्छौँ । त्यसपछि यो समस्या समाधान हुनेछ ।’

महानगरमा १३ जना इन्जिनियरको दरबन्दी रहेकोमा ४ जनाले अवकाश पाएका छन् । महानगर स्रोतले इन्जिनियर्स नेपाललाई भन्यो, ‘उपमहानगरपालिका हुँदादेखि नै काम गर्दै आएका कर्मचारीले महानगर भएपछि पनि काम गर्दै आएको अवस्था छ । त्यसैले एउटा इन्जिनियरले चार वटासम्म वडामा काम गर्नुपर्ने बाध्यता छ ।’ 

उता प्राविधिक अभाव हुँदा वडाहरुमा योजना सम्झौतासमेत प्रभावित हुँदै आएको थियो ।
 



1 Comments

Dipesh ojha

Dec. 2, 2019, 4:41 p.m.

Civil sub engineer ko ne khulnaya wala xa rq sir

Your Comments